तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

समानुपातिक तर्फ पनि रास्वपाको अग्रता कायमै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन २६ गते, मंगलवार ५:४८

प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मतगणनामा १ करोड २ लाखभन्दा बढी मत गणना भयो।
राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राख्दै ४९ लाखभन्दा बढी मत प्राप्त गरेको छ।
नेपाली कांग्रेस दोस्रो र नेकपा (एमाले) तेस्रो स्थानमा रहेका छन्।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलबार बिहानसम्म १ करोड २ लाख नाघेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड २ लाख २८ हजार ५ सय ६७ मत गणना भइसकेको छ ।

समाचार तयार पार्दासम्म सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४९ लाख १५ हजार ४ सय ७८ मत प्राप्त गरेको छ । यो सँगै रास्वपा समानुपातिकतर्फ ५० लाख मतको ऐतिहासिक आँकडाको निकै नजिक पुगेको हो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म १६ लाख ६४ हजार ४ सय ६२ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) १३ लाख ८२ हजार ९ सय ८० मतका साथ तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ४७ हजार ३ सय ३१ मत प्राप्त गरी आफूलाई चौथो स्थानमा कायम राखेको छ ।

अन्य दलहरूतर्फ श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ९० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार ७ सय ७१ मत प्राप्त गरेका छन्। त्यस्तै, जनता समाजवादी पार्टी, नेपालको पक्षमा १ लाख ६७ हजार ९१५ मत खसेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु