तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हिमालयन जाभा नेशनल बास्केटबल : हाउण्ड्सााथि टाईम्सको रोमाञ्चक जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते, शनिबार १६:०५

काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा शुक्रबनर दिउँसो भएको खेलमा टाईम्स ईन्टरनेसनल क्लबले केभिसी हाउण्ड्समाथि रोमाञ्चक जित हात पारेको छ ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको लिग अन्तर्गत त्रिपुरेह्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाईम्सले हाउण्ड्सलाई ७३-६८ ले हरायो ।
निकै प्रतिस्पर्धात्मक खेलमा टाईम्सले पहिलो म्वाटरमा बनाएको १७-११ को अग्रता नै जितमा निर्णायक बन्यो ।
दोस्रो क्वाटर १९-१९ र चाैथो क्वाटर२०-२० मा सकिएको थियो भने तेस्रो क्वाटरमा हाउण्ड्सले १८-१७ ले आफ्नो पक्षमा पारेमो थियो ।
टाईम्सका श्रेयश बहादुर शाहले सर्वाधिक २७ अंक स्कोर गरे । उनी खेलको एमभिपी बने ।
टाईम्सको यो पहिलो जित हो । टाईम्स पहिलो खेलमै गोल्डेनगेटसँग पराजितभएको थियो ।

यस्तै बिहीबार राती भएको खेलमा त्रिभुवन आर्मी क्लबले गोल्डेनगेट ईन्टरनेशनल क्लबलाई ९१-६७ ले पराजित गरेको थियो ।
आर्मीको यो लगातार दोस्रो जित हो भने गोल्डेनगेटको पहिलो हार हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु