दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र ९ गते, सोमबार १२:१९

सचिन्द्र श्रेष्ठ (दुबई))- मुस्लिम समुदायको ईद -उल- फ़ित्रको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले मार्च २२ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। दुबई हेल्थ अथरिटी (डीएचए) सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

रक्तदान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कोषाध्यक्ष तथा नेपाली रक्तदाता संघ युएईका संरक्षक सुनिलराज श्रेष्ठले बताए। मुस्लिम धर्मग्रन्थ कुरानका अनुसार, प्रत्येक व्यक्तिले एक वर्षभित्रको बचतको करिब साढे दुई प्रतिशत नगद वा जिन्सी दान (जकात) गर्नु पर्ने हुन्छ। यसरी दान गरिएका सामान दीन दुःखी र गरीबलाई बाँडिन्छ। इद–उल–फित्रमा प्रत्येकले आफ्नो गच्छे अनुसार दिने गर्दछन सोहि अनुरूप रक्तदाताले पनि आफ्नो रगत दान दिएर पूण्य कमाएको श्रेष्ठले बताए।

विभिन्न पेसामा कार्यरत नेपाली समुदायका व्यक्तिहरु, संस्थाका पदाधिकारीहरु,सदस्यहरु,
, व्यवसायी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका सामाजिक संस्था एवं वैचारिक संघ सस्थाका पदाधिकारिहरु मध्य पुर्वका बर्तमान परिस्थितीको कारण सोचे अनुसार रक्तदाताको उपस्थित नभए पनि १०० भन्दा बढ़ीको उपस्थितीमा ६२ जनाले दर्ता गराएको भए पनि ५४ जनाले रक्तदान गरेको अध्यक्ष बासुदेव ढुंगानाले बताए।

सर्वोत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भई ‘रक्तदान जीवन दान’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै स्वस्थ रगत संकलन कार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ यो पाँचौ पटक भब्य र सभ्य तरिकाले रक्तदान कार्यक्रम सम्पन्न गरेको संयोजक जगन अधिकारीले बताए।
साथ साथै अधिकारीले मध्यपूर्वमा चलेको भयानक युद्धको कठीन चपेटामा फसेको बेला मानिसहरु त्रषित भएर पनि समय निकालेर टाढा टाढा बाट उल्लेखीय सहभागी भई रक्तदान गरेकोमा धन्यवाद तथा आभार ब्यक्त गरे।
कार्यक्रमलाई यूएई स्थित बिभिन्न ब्यबसायिक संघ संस्थाले आर्थिक सहयोग गरेका थिए।
दुबई हेल्थ अथरिटीले अहिलेको प्रतिकुल अवस्थामा धेरै सङ्घ सस्थाहरुबाट पुर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको भए पनि नेपाली रक्तदाता सङ्घ युएइले पुर्वनिर्धारित कार्यक्रम गरेर कार्यक्रम सफल बनाएकोमा आभार प्रकट गरेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु