तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसको प्रथम बिधान महादिवेसन सम्पन्न , रेशम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र ११ गते, बुधबार ७:२५

निकोशिया, साइप्रस

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी साइप्रसले रेशम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। दुई बर्ष कार्यकाल सफलतापुर्वक समापन तर्फ अग्रसर हुँदै गर्दा २४ मार्च २०२६ मंगलबारका दिन लिमासोल स्थित भेटघाट रेस्टुरेन्टमा संस्थाको पुर्वअध्यक्ष रेशम बहादुर लामाको सभापतित्व र त्यसै संस्थाको संयोजक युवराज तामाङ्को प्रमुख आतिथ्यतामा बरिस्ठ सल्लाहकार हरिराम घिमिरे , उप-संयोजक सुदर्शन लामा न्हेगी तथा कार्यसमिति सदस्यहरुको उल्लेखनीय सहभागीतामा पहिलो विधान महादिवेशन सम्पन्न भएको छ। संस्थाको पुरानो दुई बर्ष वार्षिक प्रतिवेदन सचिवालय टिमलाई प्रस्तुत गरिएको छ। सम्पुर्ण आय- व्यय विवरण पनि कोषध्यक्ष टिमले प्रस्तुत गरेको छ।

कार्यक्रममा नयाँ तथा पुरानो उत्साही सेफहरुको सहभागीता सहित संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। समितिको अध्यक्षमा रेशम पाण्डे , बरिस्ठ उपाध्यक्ष गोपाल तिमिल्सिना , उपाध्यक्ष लाल बहादुर बुढा मगर, उपाध्यक्ष सुमन पाण्डे , उपाध्यक्ष दिनेश महरा, महासचिव नवीन चौलागाईं , सचीव समीर जंग गिरि , कोषाध्यक्ष सतीश शाहु, सह- कोषअध्यक्ष सुरज गैरे रहेका छन।
नव- निर्वाचित कार्यसमिति टिमहरुलाई हार्दिक बधाई साथै सफल कार्यकालको सुभकामना ब्यक्त गर्नुभएको छ।

अन्तत – संस्थाको हितबिपरित कुनै पनि गतिविधि नगर्ने र गर्न नदिने दृढ अडानसहित एकता , समर्पण र पेशागत निष्ठालाई आत्मसात गर्दै नयाँ कार्यकाललाई अझ बलियो बनाउदै लैजाने संस्थाको महासचिव नवीन चौलागाईंले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
विगतका कार्यकालमा महत्त्वपूर्ण योगदान दिनुहुने सम्पुर्ण पुर्व कार्यसमिति तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ सहयोग गर्नुहुने सम्पुर्णलाई उच्च सम्मानका साथ धन्यवाद समेत व्यक्त गर्नुभएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु