तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कश्यप एकेडेमीमा भर्ना खुल्यो, के के छन् त विशेषताहरु ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र १८ गते, बुधबार १६:२०

काठमाडौं । कीर्तिपुर, मैत्रीनगर–२, कलंकीमा रहेको कश्यप एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलेको छ । कश्यप एकेडेमी स्थापना कालदेखि नै विद्यार्थीहरुको रोजाइमा पर्न सफल भएको छ र राम्रो गन्तव्यका रुपमा स्थापित बनेको छ ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाबाट व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । आधुनिक शैलीको पठन पाठनमा विशेष जोड दिँदै आएको कश्यप एकेडेमीले विद्यार्थीको सिकाइ र उनीहरूको भविष्यलाई बढी महत्व दिदै लामो समय शैक्षिक अनुभव बटुलेका शिक्षक, शिक्षिकाबाट अंग्रेजी माध्यममा पढाई हुने गरेको छ ।

अतिरिक्त क्रियाकलाप र पारिवारिक वातावरणमा आउने शैक्षिक सत्रबाट केही नयाँ योजनाहरू सहित कक्षा नर्सरीदेखि कक्षा नौ सम्म नयाँ भर्ना खुला गरेको स्कुलका संस्थापक प्रिन्सिपल, आर.बी. अधिकारीले बताएका छन् ।

कश्यप एकेडेमी स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावक माझ आफ्नो भिन्न पहिचान बनाउँदै विद्यार्थी अनुकूल शिक्षण पद्धती अनुसार शिक्षण सिकाइ गरिने भएकोले अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको अधिकारीले बताएका छन् ।

स्कुलमा विद्यार्थीहरूका लागि पर्याप्त मात्रामा फराकिलो खेलमैदान, उपयुक्त कक्षा कोठाहरू, अत्याधुनिक सुविधा सम्पन्न भवन, पुस्तकालय, स्तरीय प्रविधि प्रयोगशाला रहेको छ । त्यस्तै, सुरक्षा व्यवस्था पूर्णरुपमा सुरक्षित एवं व्यवस्थित रहेको छ । जहाँ सुरिक्षत तवरले शान्त वाताबरणमा विद्यार्थीहरुले अध्ययन गर्न पाउँछन् ।

यस्ता छन् कश्यप एकेडेमीका विशेषताहरु ः–

–कम्प्यूटर शिक्षा अनिवार्य रुपमा प्रदान गर्दै मध्यम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान
–अत्याधुनिक सुविधा सम्पन्न भवन, पुस्तकालय, स्तरीय प्रविधि प्रयोगशाला
–विद्यार्थीहरुको रुचि तथा प्रतिभाको उजागर गर्न सफल
–विद्यार्थीहरुलाई शैक्षिक र शैद्धान्तिक ज्ञानसंगै व्यवहारिक बनाउने
–दक्ष मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाबाट अध्यापन
–सक्षम नेतृत्व, कुशल व्यवस्थापन,रचनात्मक क्रियाकलापमा विशेष जोड
–विद्यार्थीहरूका लागि पर्याप्त मात्रामा फराकिलो खेलमैदान
–यातायातको आवश्यकता भएका विद्यार्थीहरुका लागि सवारी साधनको व्यवस्था

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु