दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्राईम टाईम्स टेलिभिजन सुदुरपश्चिम ब्युरो प्रमुख भट्टलाई ज्यान मार्ने धम्की, भट्टद्धारा सुरक्षाको माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २६ गते, बिहीबार १९:१४

काठमाडौं, २६ पुस । प्राईम टाईम्स टेलिभिजनका सुदुरपश्चिम प्रदेश ब्युरो प्रमुख सुमन भट्टले आफुलाई ज्यान मार्ने धम्की आएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा उनले पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनल इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक एवम् पुर्व राष्ट्रिय क्रिकेट खेलाडी सुवास प्रधानले सामाजिक सञ्जाल फेशबुकमार्फत ज्यान मार्ने धम्की दिएको बताउँदै यस्तो माग गरेका हुन ।

उनले भने,‘राष्ट्रिय टिमका कप्तान पारस खड्का र दीपेन्द्र ऐरीको साथमा अष्टे«लियामा हुनुहुन्छ, जनवरीको २१ तरेक स्वदेश फर्किने भन्नु भएको छ, स्वदेश फर्केको दिनमा तिम्रो जीवन समाप्त हुन्छ भनेर धम्कि दिनुभएको छ, कुनै लेनदेन र कुनै प्रकारको सहमति गर्नुथियो भनेपनि प्रशासन थियो, तर उहाँले मेरो ज्यान मार्ने धम्की दिनु कत्तिको शोभनीय कुरा हो ?’

आफूलाई प्रधानले तीन वर्षदेखि पैसा नदिएर काम गर्न लगाएको पनि उनले आरोप लगाए । उनले भने,‘उहाँले मलाई बिनासम्झौता चिफ अपरेटिङ अफिसरको पोष्ट दिएर काम लगाउनुभयो । कलेज प्रिमियर लिगको ६ लाख पैसा मैले लिनुपर्ने थियो । त्योपनि अहिलेसम्म पाएको छैन्, बाँकी पैसा माँग्दा भोलि, पर्सी भन्दै झुल्याउनुभयो, अहिले त्यही कुरालाई लिएर केको पैसा ? कस्तो पैसा भनेर उल्टै ज्यान मार्ने धम्की दिने काम भैरहेको छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु