
पहाडको माथि घुम्दै उडिरहने बादल जस्तै,
मन पनि तिम्रो यादमा डुलिरहन्छ आँचल जस्तै।
खुसी झरी झैँ झर्छ जब तिमी नजिक आउँछौ,
जून लुकेझैँ लाजले ढाकिन्छ राति आँचल जस्तै।
जिन्दगीको ढोका खुल्छ तिम्रो मुस्कानले मात्र,
बतासको भाका सुनिन्छ तिम्रो बोली सरल जस्तै।
तिम्रो आँखा रोजौँ रोजौँ लाग्छ हरपल मलाई,
प्रेमको माला गाँसिन्छ मुटुमा अमल जस्तै।
जीवनको उज्यालो तिमी, अँध्यारो सबै हराउँछ,
एउटै भाव मायाको बन्धन बलियो अटल जस्तै।
तिम्रो साथ सम्हाली हिँड्छु यो जीवनको बाटो,
फूलको माला सजाउँछु सपना प्रत्येक पल जस्तै।
गजल — गोबिन्द राज ओझा “राजन”


