तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सुरेश–रेहाको प्रेम यात्रा: ‘सधैं साथमा तिम्रो’ले बनायो रेकर्ड ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ चैत्र ३० गते, सोमबार ६:२७

काठमाडौं – ‘सधैं साथमा तिम्रो’ बोलको म्युजिक बोलको म्युजिक भिडियोलाई १२ दिनमा १० लाख बढी दर्शक स्रोताले हेरेका छन्। भिडियोमा करिब १३ हजारभन्दा बढी लाइक्स र १५० भन्दा बढी सकारात्मक प्रतिक्रिया आएका छन्।

अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल अभिनित यो रोमान्टिक शैलीको म्युजिक भिडियोमा सुरेश बस्नेतको एकल स्वर रहेको छ। गीत गोविन पुनको शब्द तथा संगीतमा तयार भएको हो भने संगीत संयोजन दिनेश श्रेष्ठले गरेका छन्।

‘दुई मुटु, एक यात्रा’ भन्ने अवधारणामा निर्माण गरिएको यस म्युजिक भिडियो अमेरिका, अष्ट्रेलिया र न्यूजिल्यान्डका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ।

भिडियोमा सुरेश र रेहाले नै श्रीमान–श्रीमतीको भूमिकामा अभिनय गरेका छन्। उनीहरूको आफ्नै वास्तविक प्रेम कथामा आधारित भएर भिडियो निर्माण गरिएको बताइएको छ। विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशनमा तयार भएको यस भिडियोमा साहिल खानको सम्पादन तथा प्रविण श्रेष्ठको पटकथा रहेको छ।

छायांकनतर्फ अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्यान्डमा यूरिका फिल्म्स प्रा.लि. र अमेरिकामा पशुपति बस्याललगायतको टिमले काम गरेको छ।

उच्च लागतमा निर्माण गरिएको यस भिडियोबारे सुरेश बस्नेतले भने, “यो प्रोजेक्ट हामीले आर्थिक लाभका लागि होइन, गीत–संगीतप्रतिको लगावका कारण दर्शकमाझ ल्याएका हौं।” उनले यस गीतको फिमेल भर्सन पनि छिट्टै सार्वजनिक गरिने जानकारी दिएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु