
नेपाली लायनवादमा ऊर्जाशिल र सक्षम युवा नेतृत्वको पहिचान बनाउनु भएका लायन राजन धरातल श्रेष्ठले लायन वर्ष २०२६/२७ का लागि डिष्ट्रिक्ट ३२५ ई को द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जका चार्टर्ड प्रेसिडेन्ट श्रेष्ठले “सामुदायिक सेवाका नेतृत्वकर्ता” को रूपमा आफ्नो प्रभावकारी कदम अगाडि बढाउनु भएको हो ।
लायनवादको सुदृढीकरणका लागि श्रेष्ठले डिस्ट्रिक्ट चेयरपर्सन, जोन चेयरपर्सन, GLT/GMT कोअर्डिनेटर र चिफ एरिया कोअर्डिनेटर जस्ता महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक वहन गरिसक्नुभएको छ । उहाँले लायन्स इन्टरनेशनलबाट DLLI, RLLI, ALLI देखि FDI सम्मका उच्चस्तरीय तालिमहरू प्राप्त गर्नुका साथै लायन्स युनिभर्सिटीबाट पीएचडीसम्मको प्राज्ञिक अध्ययन पुरा गर्नुभएको छ । अन्तर्राष्ट्रिय स्तरमा GAT मेडल, प्रेसिडेन्सियल मेडल र प्रोग्रेसिभ मेल्भिन जोन्स फेलो (PMJF) बाट सम्मानित श्रेष्ठले टीयू लायन्स रक्तसञ्चार बैंकको संस्थापक सदस्य भई मानवीय सेवामा विशिष्ट योगदान पुर्याउनुभएको छ ।
श्रेष्ठले स्पष्ट दृष्टिकोण, युवा सहभागिता र प्रविधिमैत्री प्रणालीलाई आत्मसात गर्न र लायन एकतामा अडिग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “हामी सेवा गर्छौं” भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्ने उहाँको यो उम्मेदवारी नेपाली लायनवादलाई अन्तर्राष्ट्रिय तहसम्म पुर्याउन कोसेढुङ्गा सावित हुने लायनवृत्तमा मानिएको छ । उहाँको अनुभवी र समाधानमुखी नेतृत्वले आगामी वर्षमा संगठनलाई थप उचाइमा पुर्याउने अपेक्षा समेत गरिएको छ ।


