तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

२५औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा आर्मी टिम च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ७ गते, सोमबार ६:४७

काठमाडौं । २५औं आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता नेपाल आर्मी टिम च्याम्पियन बनेको छ ।
नेपाल अन्तर्रास्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न दुईदिने प्रतियोगितामा आर्मीले १९ संवरण, ४ रजत र ९ कांस्य जितेर च्याम्पियन बनेको हो ।
यस्तै बागमती ७ स्वर्ण १० रजत र ९ कांस्यसहित दोस्रो हुँदा एपीएफ ४ संवरण, ७ रजत र ६ कांस्य जित तेस्रो भयो ।
व्यक्तिगततर्फ पनि आर्मीकै खेलाडी उत्कृष्ट भए ।
आर्मी सुमन मरासिंगी मगर पुरुषतर्फ र रिना धिमाल महिलातर्फ उत्कृष्ट खेलाडी बने । सुमनले ३ र रिनाले ५ स्वर्ण जिते ।

विभिन्न विधाअन्तर्गत खेलाडीहरूले एकल स्पारिङ, एकल प्याटर्न, समूह स्पारिङ, समूह प्याटर्न तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा गरेका थिए ।
यस्तै दोस्रो यु-१५ आइटिएफ प्रतियोगिता मा बागमती पहिलर लुम्बिनी दोस्रो र कर्णाली प्रदेश तेस्रो भयो ।
बागमतीले ९ स्वर्ण ५ रजत र ७ कांस्य, लुम्बिनीले ४ स्वर्ण ६ रजत र ७ कांस्य तथा कर्णालीले ४ स्वर्ण ५ रजत र ७ कांस्य जित्यो ।
यू-१५ मा पुरुषतर्फ गण्डकीका सचिन कुमाल र महिलातर्फ बागमतीका आकृती नेपाल उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगितामा जुनियर र सिनियरमा प्याटर्न र स्पाइरिङमा गरी कुल दुई सय जना खेलाडीले प्रतिस्पर्धा गरेको महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिए । प्रतियोगितामा सातै प्रदेशसहित नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ गरी कुल ९ टोलीको सहभागिता थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु