दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

२२औं विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ८ गते, मंगलवार ६:१०

काठमाडौं, वैशाख ७– नेपालका कुल १० खेलाडीले टर्कीमा हुने आइकेएफ २२औं विश्व केम्पो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
सोमबारदेखि टर्कीको अन्टाल्यामा आगामी अप्रिल २६ तारिखसम्म २२औं विश्व केम्पो च्याम्पियनसिपमा हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको तर्पmबाट ६ पुरुष र चार महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । नेपाल केम्पो खुकुरी फेडेरेसनको टोली सोमबार च्याम्पियनसिपमा सहभागिता जनाउन टर्की प्रस्थान गरेको छ । फेडेरेसनका अध्यक्ष पाभेल शाहको नेतृत्वमा नेपाली टोली अन्टाल्या प्रस्थान गरेको हो । महिलातर्पm सेमी केम्पो ५० केजी तौलसमूहमा अञ्जना शाही, सेमी केम्पो २२ केजीमा प्रिशा राज्यलक्ष्मी शाह, सेमी केम्पो २५ केजीमा इरा गौतम र मोनालिशा धामीले सेमी केम्पो ३५ केजीमा प्रतिस्पर्धा गर्नेछन् । अञ्जनाले काता र सेल्फ डिफेन्स तथा इराले कातामा पनि चुनौती प्रस्तुत गर्ने फेडेरेसनका अध्ष्रगा पाभेलले जानकारी दिए ।
पुरुष सेमी केम्पोतर्पm सुरेश पराजुलीले ६५ केजी तौलसमूहमा, सुलभ श्रेष्ठले ३० केजीमा र कृदिक्स विक्रम कुँवरले २५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । दिलमान लामाले २५ केजी फुल केम्पो, काता र सेल्फ डिफेन्स विधामा खेल्नेछन् । यमन पाण्डेले ५० केजी तौलसमूहमा फुल केम्पो, सेमी केम्पो, सबमिसन, सेल्फ डिफेन्स र कातामा गरी पाँच विधामा चुनौती प्रस्तुत गर्ने प्रशिक्षकसमेत रहेकी अञ्जना शाहीले जानकारी दिइन् । शिवहरी राईले ५५ केजी तौलसमूहमा सेमी केम्पो र फुल कम्पोमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनले काता र सबमिसनमा पनि चुनौती प्रस्तुत गर्नेछन् ।
बिदाइ कार्यक्रममा अध्यक्ष पाभेल शाहले खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै पदक जितेर देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गरे । ‘हाम्रा खेलाडीहरू कडा मेहनत र समर्पणका साथ तयारीमा जुटेका छन् । उनीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको लागि धेरै पदक ल्याउनेछन् भन्नेमा विश्वस्त छौं,’उनले भने । खेलाडीले पनि राम्रो प्रदर्शन गरेर नेपालको नाम उच्च राख्ने प्रतिबद्धता जनाएका छन् । नेपाल केम्पो खुकुरी फेडेरेसनले पनि सबै खेलाडीले उत्साह र आत्मविश्वासका साथ प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु