तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चितवन उद्योग संघको टोलीद्वारा राराको औद्योगिक अवलोकन भ्रमण शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ९ गते, बुधबार ७:१४

भरतपुर चितवन उद्योग संघको १८ औं कार्यसमितिको दुईवर्षे कार्ययोजना तर्जुमा गोष्ठीबाट तय भएको संस्थागत सम्बन्ध तथा भ्रमण विभागको आयोजनामा चितवनका उद्योगीहरुलाई पुनर्ताजगीकरणको लागि मुगुको रारा सहित कर्णाली प्रदेशको औद्योगिक अवलोकन भ्रमण शुरु गरिएको छ ।
चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेको नेतृत्व र चितवन उद्योग संघका उपाध्यक्ष एवम् संस्थागत सम्बन्ध तथा भ्रमण विभागका विभागीय संयोजक विशाल चापागाईको संयोजनमा शुरु भएको भ्रमणमा २३ जनाको सहभागिता रहेको छ ।
भ्रमण टोलीमा चितवन उद्योग संघका पूर्व अध्यक्ष हरिप्रसाद सुवेदी, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु अन्तोष बमजन, रामहरि कँडेल, सुरेन्द्र कार्की, प्रकाश पौडेल, चितवन उद्योग संघका पूर्व कार्यसमिति सदस्यहरु युवराज पाठक, अम्बर बहादुर अधिकारी, गोविन्द अर्याल, चन्द्रकान्त सुवेदी, सुधा सवेदी पौडेल, संघका सदस्यहरु महोदत्त सापकोटा, टिकाराम कँँडेल, कपिल खनाल, बिना खरेल, युविना पाठक, हिमा अर्याल, घनादेवी कँडेल सापकोटा, केशवती पोखरेल खनाल, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट लगायतको सहभागिता रहेको थियो ।
बैशाख ०९ गतेदखि १५ गतेसम्म सञ्चालन हुने भ्रमणमा कर्णाली प्रदेशका औद्योगिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गरिने चितवन उद्योग संघका उपाध्यक्ष एवम् संस्थागत सम्बन्ध तथा भ्रमण विभागका विभागीय संयोजक विशाल चापागाईले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु