तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रैथाने खानाको पहिचान तथा प्रवर्द्धन गर्न क्रियाशील युवा सेफ बिजय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख ९ गते, बुधबार ९:५०

हाम्रो नेपाली माटोमा अनेकथरीका सागसब्जी उत्पादन हुन्छन् । अन्न उत्पादन हुन्छन् । त्यसलाई कसरी बनाएर सेवन गर्ने भन्ने कुरा महत्वपूर्ण हो । अर्थात रैथाने परिकारलाई स्वादिलो बनाउने पाककला पनि आफुसँग हुनुपर्छ ।

पाककला छ भने जस्तोसुकै खानेकुरालाई पनि थरीथरीको परिकार बनाएर सेवन गर्न सकिन्छ । त्यसको स्वादमा विविधता थप्न सकिन्छ। हामी जुन भूगोल एवं माटो र हावापानीमा हुर्कन्छौं, त्यहीको रैथाने उत्पादन नै हाम्रो शरीरका लागि बढी उपयोगी हुन्छ । पहाडमा बस्नेले तराईको उत्पादन सेवन गर्नुभन्दा स्थानिय उत्पादन सेवन गर्नु राम्रो हो । किनभने हामी जुन हावापानीमा बस्छौं, हाम्रो शरीरले त्यही अनुसारको खानेकुरा माग्छ।

तपाईंका घर आसपासमा कतिथरी वनस्पति छन् ? ति वनस्पतिमध्ये कति खान योग्य छन् ? कति स्वादिलो र पोषिलो छन् रु पहिचान गर्न सकिन्छ । हामी अक्सर त्यही खानेकुरा मात्र सेवन गरिरहेका हुन्छौं, जो पुस्तौं अघि हाम्रा पूर्खाले पहिचान गरे । जबकि हाम्रा आसपासमा उत्पादन हुने अरु थुपै्र वनस्पति खानयोग्य हुन्छन्। खानयोग्य मात्र होइन, विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छन् । ति वनस्पतिको पहिचान गरेर पनि हामीले आफ्नो खाद्य भण्डारलाई समृद्ध बनाउन सक्छौं।

खानेकुरा भनेको शरीरको एक अंश हुन्। जब तपाईं कुनै खानेकुरा सेवन गर्नुहुन्छ, त्यो तपाईंको शरीरको अंश बन्छ । त्यसैले त जस्तो खानेकुरा सेवन गर्छौं, हाम्रो शरीर पनि त्यस्तै हुन्छ । अहिले हामीले खानेकुरा सन्तुलित, सुपाच्य र पोषिलो छ भन्ने कुरामा सन्देह गर्नुपर्ने हुन्छ । किनभने हामी आफै पनि खानपानप्रति त्यती सजक एवं सर्तक छैनौं। खानेकुरामा रैथाने खानालाई बढी जोड दिनुपर्ने तर्क युवा सेफ विजय घिमिरेको छ।

शिरमा चट्ट भादगाउले कालोटोपी ढल्काउदै काम गर्न अत्यन्तै रुचाउने तथा नेपाली कला–संस्कृति र संस्कार अनि नेपाली रैथाने खानाको पहिचान तथा प्रवद्र्धन गर्न क्रियाशील युवा सेफ बिजय घिमिरेको जन्म काभ्रेको बनेपा–२ नालामा विसं.२०५६ साल बैशाख २६ गते भएको हो। पिता बिष्णु प्रसाद घिमिरे र माता लक्ष्मी घिमिरे ज्येष्ठ सुपुत्र बिजय घिमिरेले बिद्यालय शिक्षा आफ्नै गाउँको श्रीस्वेत बराह माध्यामिक बिद्यालयबाट सम्पन्न गरेका हुन्।

बिधालय शिक्ष लगत्तै २०७४ साल बाट Kathmanu Institute of Hospitality Management संस्था बाट १ बर्षको Culinary अध्यन सकेपछि नगरकोटमा रहेको Hotel Mystic Mountain बाट आफ्नु कार्य सुरु गर्नु भएको हो । विभिन्न तारे होटल र रेस्टुरेन्टमा र कलेजहरुमा कार्य अनुभव संगालेका सेफ बिजय घिमिरेले ३ वटा रेस्टुरेन्ट मा Head Chef बनेर कार्य गरिसकेका छन्।

उमेरले १९ बर्ष मात्र हुदा बनेपा मा खुलेको १५० सिट क्षमताको Mandala Restaurant को स्थापन काल देखि Head Chef को कार्य गर्न पाउँदा जीवन कालको पहिलो Executive अनुभव सेफ घिमिरेको छ। थुप्रै कलेजहरुमा पनि अध्यापन गर्दैआएका घिमिरेले कलेजमा Co-ordinator को समेत भुमिका निभाइसकेका छन्। कुवेतको बहुप्रतिष्ठित Restaurant मा २ बर्ष CDP को भुमिका निर्वाह गरेर हालै नेपाल फर्केका घिमिरे स्थानिय खाना खोज्न र सिकाउन ब्यस्त छन् ।

(सेफ बिजय हाल कालिमाटी स्थित एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टमा कुलिनरी हेडको रूपमा कार्यरत हुनुहुन्छ )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु