
काठमाडौं । यही वैशाख २५ गते बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ । यसअघि ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेको अवस्थामा निर्माण टिमले तेस्रो गीतका रूपमा यो डान्सिङ नम्बर दर्शकमाझ ल्याएको हो ।


