तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एभरेष्ट इङ्लिस स्कुलमा मुठीदान कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख १८ गते, शुक्रबार ६:४७

एभरेस्ट इङ्लिस स्कुल, भक्तपुर–२, मिबाछेंमा बुद्ध जयन्तिको पावन अवसरमा मुठीदान कार्यक्रम भव्य तथा भावपूर्ण वातावरणमा सम्पन्न भएको छ। वि.सं. २०७३ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष पनि विशेष रूपमा आयोजना गरिएको हो।

कार्यक्रममा भक्तपुरस्थित मुनिविहारका भिक्षु तथा श्रामणेरहरूको गरिमामय उपस्थिति रहेको थियो। महागुरु, गुरु तथा श्रामणेर गरी २९ जना अतिथिहरू तथा ६ जना सेवक–सेविकाहरूको आतिथ्यमा सम्पन्न कार्यक्रममा एभरेस्ट इङ्लिस स्कुल र भगिनी संस्था एभरेस्ट भक्तपुर स्कुलका विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रह्यो।

बुद्धवाणी, शील प्रार्थना तथा धम्मोपदेशले विद्यालय परिसरलाई शान्त, गम्भीर र करुणामय वातावरणमा रूपान्तरण गरेको अनुभूति सहभागीहरूले गरेका थिए। भिक्षुहरूको प्रत्यक्ष उपस्थितिले कार्यक्रमलाई अझ जीवन्त र भावनात्मक बनाएको थियो।

कार्यक्रमका प्रमुख वक्ता तथा विद्यालयका संस्थापक प्रिन्सिपल श्री भक्तराज भण्डारीले बालबालिकामा दान, सेवा र संवेदनशीलताको भावना विकास गर्नु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। “एकजनाले दिए मुठी, धेरैले दिए मुरी” भन्ने सन्देशले सानो प्रयासले पनि ठूलो परिवर्तन सम्भव हुने उहाँले प्रस्ट पार्नुभयो।

यसै क्रममा भक्तपुर मुनिविहारका तर्फबाट विपस्वी महास्थाविरका साथै स्वदेश विदेशबाट पाल्नु भएका गुरुहरुले बुद्ध दर्शनसम्बन्धी प्रेरणादायी धम्मोपदेश प्रस्तुत गर्नुभएको थियो, जसलाई उपस्थित सबैले अत्यन्त चासोपूर्वक श्रवण गरेका थिए।

कार्यक्रमबाट संकलित रु. २०,९७०/- नगदसहित ४ मुरी चामल, २ बोरा बिस्कुट, १ बोरा साबुन, १ बोरा दाल, १ बोरा चिउरा, २ बोरा नुन, १५ दर्जन कापी, १५ दर्जन कलम तथा पेन्सिल तथा फलफूल लगायतका सामग्रीहरू भक्तपुर मुनिविहारलाई हस्तान्तरण गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु