तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

स्टार ग्रान्ड मास्टर सेफ अवार्डबाट कार्की सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख २२ गते, मंगलवार ६:१७

काठमाडौ । इन्टरनेशनल नेप्लिज सेफ सोसाइटीका केन्द्रीय महासचिव दिपक कार्की ‘ स्टार ग्रान्ड मास्टर सेफ अवार्ड’ बाट सम्मानित सम्मानित भएका छन्।

नेपाली पाककलालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका झापाली सेफ दिपक कार्की भारतमा आयोजित प्रतिष्ठित ‘Star Grand Master Chef Award’ बाट सम्मानित हुनुभएको छ।

इन्टरनेशनल नेप्लिज सेफ सोसाइटी (INCS) का केन्द्रीय महासचिव समेत रहनुभएका कार्कीलाई पाककला क्षेत्रमा देखाएको उत्कृष्टता, नवीनता र समर्पणको उच्च मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

भारतमा सम्पन्न भव्य समारोहबीच प्राप्त यो अवार्डले कार्कीको व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण नेपाली सेफ समुदायको प्रतिष्ठा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा थप मजबुत बनाएको इन्टरनेशनल नेप्लिज सेफ सोसाइटी (INCS) का उपाध्यक्ष मास्टर सेफ डा.साइकुमार शर्माले बताउनु भयो ।

नेपाली स्वादलाई विश्वसामु चिनाउने अभियान

सेफ कार्कीले लामो समयदेखि नेपाली परिकारको मौलिकता, परम्परा र स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आउनुभएको छ। उहाँको सिर्जनशीलता, अनुशासन र निरन्तर मेहनतका कारण नेपाली पाककलाले विश्व बजारमा विशेष स्थान बनाउन थालेको छ। क्यानडा लगायतका मुलुकमा उहाँले कार्य गर्नु भएको छ ।

उहाँको यस उपलब्धिले नेपाली युवाहरूलाई पाककला क्षेत्रमा करियर निर्माण गर्न प्रेरणा दिने विश्वास गरिएको छ। साथै, पर्यटन प्रवर्द्धनमा समेत नेपाली खानाको भूमिका थप सशक्त बन्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु