दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बागमतीबाट टेबलटेनिस खेलाडी छनोट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ बैशाख २९ गते, मंगलवार ६:४८

काठमाडौं बैशाख २८ गते ।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा हुने ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका लागि बागमती प्रदेशबाट सहभागी हुने खेलाडीको सोमबार टुंगो लागेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको बागमती प्रदेश टेबलटेनिस संघका संयोजक नदिमरत्न शाक्यले जनाएका छन् । सिंगल्समा समान ३–३ पुरुष÷महिला तथा यु–१५ र यु–१९ मा समान २–२ ब्वाइज÷गल्र्स गरी जम्मा १० खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए ।
पुरुष सिंगल्समा सिन्धुपाल्चोकका सुजन गडाल, रामेछापका प्रजिल भट्टराई र ललितपुरका कुशल न्याछो तथा महिला सिंगल्समा काभ्रेकी आश्मा पहरी, ललितपुरकी आश्ना महर्जन र भक्तपुरकी निकिता कस्ती छनोट भए ।
यु–१५ को ब्वाइजमा ललितपुरका रिभान महर्जन र गल्र्समा ललितपुरकै काभ्या शाक्य तथा यु–१९ ब्वाइजमा ललितपुरका रिजन शाक्य र गल्र्समा ललितपुरकी इशाभी महर्जन छानिए । राष्ट्रिय प्रतियोगिता जेठ १४ देखि १७ गतेसम्म लैनचौरमै हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु