
लेखक : – गोबिन्द राज ओझा (राजन)
नेपाल मेरो मन, मेरो शान हो नेपाल
हिमालको काखमा बास, महान हो नेपाल
नेपाली माटोमा सुगन्धित छ पहिचान
मुटुभित्र बस्ने गहिरो गान हो नेपाल
नेपाली बोलीमा मिठासको छ मिठास
आवाजमा गुन्जिने सम्मान हो नेपाल
नेपाली दिलमा देशप्रेमको उज्यालो
आत्मामा बल्ने एउटा दियो समान हो नेपाल
नेपाली दुनियाँ, आफ्नै मिठो संसार
जहाँ हरेक सपना सजिलो उडान हो नेपाल
नेपाली भगवान, आस्थाको उज्यालो
विश्वासमा बाँच्ने अमर ज्ञान हो नेपाल
विश्वमा नेपाली चिनाउने पहिचान
साहस र श्रमको ठूलो प्रमाण हो नेपाल
विश्वको अगाडि उभिएको स्वाभिमान
वीरताले लेखेको इतिहास महान हो नेपाल
राष्ट्र राष्ट्रियताको बलियो आधार
एकतामा बाँधिएको अभियान हो नेपाल
हिमालको काख सुन्दर, हरियालीको छाँया
प्रकृतिले सिंगारेको स्वर्गस्थान हो नेपाल
सुन्दर भू–भाग, विविधताको पहिचान
नदी, पहाड, तराईको मुस्कान हो नेपाल
विशाल नेपाल, सपनाको विस्तार
समृद्धिको बाटोमा नयाँ बिहान हो नेपाल
सुखी नेपाल, हरेक दिलको चाहना
उन्नतिको यात्रामा बलियो स्थान हो नेपाल
नेपाली बाटो, संघर्षको कथा
मेहनतले कोरेको उज्यालो बिहान हो नेपाल
सभ्यता र संस्कृतिको अमूल्य धरोहर
इतिहासले लेखेको अनुपम गान हो नेपाल


