तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

महामञ्जुश्री कप बास्केटबलमा ७२ टिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते, शुक्रबार ६:०७

महामञ्जुश्री माविको आयोजनामा दोश्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ३ विधामा ४४ विद्यालयका ७२ टिमको सहभागिता रहने महामञ्जुश्रीका प्रिन्सिपल चुडामणि मरासिनीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा ३२ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान २०–२० टिमको सहभागिता निश्चित भएको महामञ्जुश्रीका बास्केटबल प्रशिक्षक शैलेश श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने महामञ्जुश्रीकी प्रिन्सिपल एवं प्रतियोगिता संयोजक हेमलता चाम्लिङले बताइन् । सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा ग्रिनफिल्ड र सिनियर गल्र्समा चाँदबाग साविक विजेता हुन् ।
पत्रकार सम्मेलनमा प्रिन्सिपल मरासिनीले विद्यालयबीचको आन्तरिक सम्बन्धलाई अझ प्रगाढ बनाउदै प्रतिभावन खेलाडीको पहिचान गर्न प्रतियोगिता महत्वपूर्ण सावित हुने बताए । तीनदिने प्रतियोगिताका खेलहरु नागर्जुन नगरपालिका वडा ५, सीतापाइलास्थित आयोजककै कोर्टमा खेलाइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु