दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

त्रिवि व्यवस्थापन संकायको प्रथम सेमेस्टरको नतिजा ८२ प्रतिशत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ पुष २९ गते, आईतवार १९:५७

कीर्तिपुर (२९ पौष)÷त्रिवि व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तहमा यस वर्षको प्रथम सेमेस्टरको हालै प्रकाशित नतिजामा औषतमा बयासी प्रतिशतभन्दा माथि विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका छन् ।

व्यवस्थापन संकाय डीनको कार्यालयका अनुसार देशभर पहिलोपटक शुरु गरिएको सेमेस्टर प्रणालीको पठनपाठन अन्तरगत पहिलो सेमेस्टरको नतिजामा उपत्यकाबाहिरका क्याम्पस÷कलेजहरुबाट ८७.८९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । यसैगरी उपत्यकाभित्रका क्याम्पस÷कलेजहरुबाट ९१.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । यहि वर्षदेखि उपत्यकाबाहिरका क्याम्पसहरुमा समेत सेमेस्टर प्रणाली अनिवार्य गरिएको हो । यसअघि गतवर्षसम्म त्रिवि कीर्तिपुरस्थित विभाग र उपत्यकाभित्रका क्याम्पसहरुमा मात्र सेमेस्टर प्रणालीमा पठनपाठन भइरहेको थियो ।

यो सन् २०१९ को लागि भर्ना भएका विद्यार्थीहरुको पहिलो सेमेस्टरको नतिजा हो । यो नतिजा देशभरको औषतमा ८२.२१ प्रतिशत उत्तीर्ण हो । यस नतिजाले विगत वर्षहरुको वार्षिक प्रणालीमा भएका कमी कमजोरीहरु सुधार गरी सेमेस्टर प्रणालीमा गएपछि व्यवस्थापन संकायमा गुणस्तरीय पठनपाठन भइरहेको र नतिजा राम्रो आएको देखाएको छ ।

पहिलो समेस्टरको परीक्षा भाद्र÷आश्विन महिनामा लिइएको थियो भने तीन महिनाभित्र नतिजा प्रकाशन गरिएको डीन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिनुभयो । उहाँले विगत वर्षहरुमा वार्षिक प्रणालीको नतिजा हेर्दा सात देखि सत्र प्रतिशतसम्म मात्र विद्यार्थीहरु परीक्षामा उत्तिर्ण हुने गरेकोमा सेमेस्टर प्रणालीले नतिजामा उल्लेख्य सुधार ल्याएको बताउनु भयो । वार्षिक प्रणालीमा बीस प्रतिशतमाथि नतिजा नआएको बताउनु हुँदै डीन शर्माले प्रथम सेमेस्टरको नतिजाले संकायलाई उत्साहित गरेको बताउनु भयो । यस वर्ष उपत्यका भित्र र उपत्यकाबाहिरका क्याम्पसहरुमा व्यवस्थापन संकायको स्नातकोत्तर तह पहिलो सेमेस्टरमा ६ हजार तीन सय साठीभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले व्यवस्थापन संकायको प्रथम सेमेस्टरको परीक्षा तोकिएको समयमा सम्पन्न भई निर्धारित समयमा नतिजा प्रकाशन हुनु र ८० प्रतिशतभन्दा बढी उत्तीर्ण भएको नतिजा आउनुले सबैमा सकारात्मक सन्देश दिएको बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु