तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आदिइत्यादिको प्रस्तुति तथा गजुरी गाउँपालिकाको आयोजना ‘सुझबुझ’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते, शनिबार १३:१७

काठमाडौँ । धादिङको गजुरी गाउँपालिकामा सडक नाटक ‘सुझबुझ’ देखाइएको छ । गजुरी गाउँपालिका धादिङको आयोजना तथा नाट्य संस्था ’आदिइत्यादि’ को प्रस्तुतिमा मञ्चन गरिएको हुन उक्त नाटकको लेखन तथा निर्देशन रङ्गकर्मी पुरु लम्सालले गरेका हुन ।
आधुनिक प्रविधि र सामाजिक सञ्जालको गलत प्रयोगका कारण निम्तिने विभिन्न जोखिमहरूका बारेमा नाटक मार्फत सचेत गराइएको छ । यसका साथै पछिल्लो समय व्यस्तताका कारण अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई पर्याप्त समय नदिँदा उनीहरूको मनोविज्ञान र भविष्यमा कस्तो नकारात्मक परिणाम निस्कन्छ भन्ने कुरालाई पनि नाटकमा बडो मार्मिक ढंगले देखाइएको छ । नाटकले विशेष गरी युवा पुस्तामा बढ्दो लागुपदार्थको दुव्र्यसनी र यसले समाजमा पारेको गम्भीर असरका कुराहरुलाई दर्शाउछ । समाजमा अझै पनि चुनौतीका रूपमा रहेको बालविवाह र यसले समाजमा पार्ने बहुआयामिक प्रभावलाई समेत नाटकको मुख्य विषयवस्तु हो ।

सामाजिक रूपान्तरण र जनचेतना अभिवृद्धिका लागि अत्यन्तै प्रभावकारी हुने अपेक्षा गरिएको नाटकमा दिवाकर घिमीरे, सागर कार्की दीपमाला परियार, सेविता अधिकारी अञ्जु खड्का र रुबिन सुनुवारको अभिनय, संवाद र प्रस्तुति निकै प्रभावकारी छ । नाटकभित्र पुरु लम्सालको लेखन तथा निर्देशकीय पक्षलाई हेर्दा सामाजिक यथार्थ, मानवीय सम्बन्ध र समकालीन समस्यालाई कलात्मक ढंगले प्रस्तुत गर्ने विशेषता देखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु