दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एन पेनाङ एफसी दोस्रो आरटी गोल्डकपको च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ १९ गते, मंगलवार ११:२४

क्वालालम्पुर। मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ। आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।

उपाधिसँगै एन पेनाङ एफसीले ट्रफीसहित २२ हजार मलेसियन रिंगिट नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको न्यु ब्राइज क्लबले ११ हजार मलेसियन रिंगिटमा चित्त बुझाएको आयोजकले जनाएको छ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सुरेश खत्री सर्वश्रेष्ठ खेलाडी (एमभीपी) तथा सर्वाधिक गोलकर्ता घोषित भए। उनको प्रदर्शनले टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेको थियो।

समापन समारोहमा आयोजक आरटीएफसीका अध्यक्ष राजु तामाङले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्वयंसेवक, खेलाडी, समर्थक तथा सम्बन्धित पक्षप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि नेपाली समुदायबीच खेलकुद गतिविधिलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मलेसियामा रहेका नेपाली समुदायबीच लोकप्रिय बन्दै गएको आरटी गोल्डकपले खेलकुदमार्फत आपसी एकता, भाइचारा र सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस वर्षको प्रतियोगितामा विभिन्न टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु