तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ २० गते, बुधबार ८:५२

काठमाडौं – गीतकार तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक भएको छ। प्रेम, भावना र सम्बन्धका पक्षलाई समेटेर तयार गरिएको यस गीतले संगीतप्रेमी दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गीतमा तारा अधिकारीको शब्द सिर्जना रहेको छ भने किरण कँडेलले संगीत भरेका छन्। कुशल सिंहको संगीत संयोजन रहेको गीतमा चर्चित गायक–गायिका रजिना रिमाल र करण परियारको स्वर सुन्न सकिन्छ।

गीतको रेकर्डिङ शम्भु कुमार तन्डुकारले गरेका हुन् भने अशोक महर्जनले मिक्सिङ गरेका छन्। मिक्सिङ सुपरभिजन तथा मास्टरिङको जिम्मेवारी संगीतकार किरण कँडेलले नै सम्हालेका छन्।

गीतसँगै सार्वजनिक गरिएको म्युजिक भिडियोमा कलाकार महेश खड्का र स्मृति श्रेष्ठको आकर्षक अभिनय देख्न सकिन्छ। भिडियोको मेकअप कबिता तोलाङ्गीले गरेकी छन् भने अनुजा अधिकारीले कोरियोग्राफी गरेकी छन्। मनीष डीकेले प्रोडक्सन म्यानेजरको भूमिका निर्वाह गरेका छन्।

भिडियोको छायांकन विनोद बलले गरेका हुन्। नारोत्तम पाण्डेले सम्पादन तथा कलर गरेका छन्। बाबुराम निरौला भिडियोका प्रमुख सहायक निर्देशक हुन्।

गीतको निर्देशन तथा निर्माण तारा अधिकारीले गरेकी हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु