तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पनौती नगरपालिकामा रहेको नमोबुद्ध गुम्बा : शान्ति, करुणा र आध्यात्मिक अनुभूतिको पवित्र स्थल

सरिता ढकाल -
प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते, सोमबार १५:३०

नेपालका हरेक भू–भागले आफ्नै मौलिकता, इतिहास, संस्कृति र धार्मिक महत्व बोकेको छ। हिमाल, पहाड र तराईका प्रत्येक कुनामा रहेका मन्दिर, गुम्बा, मठ तथा तीर्थस्थलहरूले नेपालको आध्यात्मिक पहिचानलाई जीवन्त बनाएका छन्। यस्तै क्रममा पनौती नगरपालिकामा अवस्थित पवित्र नमोबुद्ध गुम्बाको दर्शन तथा अवलोकन गर्ने अवसर प्राप्त भयो।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण हरियाली पहाडको काखमा अवस्थित नमोबुद्ध गुम्बा नेपालको महत्वपूर्ण बौद्ध तीर्थस्थलमध्ये एक हो। यहाँ पुग्नेबित्तिकै मनमा एक प्रकारको अलौकिक शान्ति र आनन्दको अनुभूति हुन्छ। गुम्बाको कलात्मक वास्तुकला, स्वच्छ वातावरण, अनुशासित धार्मिक गतिविधि र शान्त परिवेशले आगन्तुकहरूको मन सहजै आकर्षित गर्छ। यस्तो अनुभूति हुन्छ, मानौँ संसारका सबै कोलाहल र तनावबाट टाढा बसेर आत्मिक शान्तिको खोजी गर्ने मानिसका लागि यो स्थान स्वर्गसरह छ।

गुम्बा परिसरमा विभिन्न स्थानबाट आएका भिक्षुहरू ध्यान, अध्ययन र साधनामा लीन रहेको दृश्यले बुद्ध धर्मको अनुशासन, समर्पण र आध्यात्मिक जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गरेको देखिन्छ। त्यहाँका प्रत्येक संरचना, चित्रकला, मूर्ति र धार्मिक प्रतीकहरूले बुद्ध दर्शनको गहिरो सन्देश प्रवाह गरिरहेका हुन्छन्।

नेपाल धार्मिक तथा सांस्कृतिक विविधताको अनुपम भूमि हो। यहाँ मन्दिर, गुम्बा, चैत्य, मस्जिद र गिरिजाघरहरू सहअस्तित्वका साथ उभिएका छन्। सबै धर्मले मानवलाई सत्य, नैतिकता, सहिष्णुता, करुणा र सदाचारको मार्गमा हिँड्न प्रेरित गर्छन्। त्यसैले प्रत्येक व्यक्तिलाई आफ्नो धर्म र संस्कृतिको अभ्यास गर्ने स्वतन्त्रता हुनुपर्छ र अरूको आस्था तथा विश्वासप्रति सम्मान गर्ने संस्कार पनि विकसित हुनुपर्छ।

गौतम बुद्ध ले मानव सभ्यतालाई अहिंसा, करुणा, मैत्री र शान्तिको अमूल्य सन्देश दिनुभएको थियो। उहाँले घृणाको उत्तर घृणाले होइन, प्रेम र करुणाले दिनुपर्छ भन्ने शिक्षा दिनुभयो। आजको अशान्त, हिंसा र द्वन्द्वले ग्रसित विश्वमा बुद्धका ती सन्देशहरू अझ बढी सान्दर्भिक र आवश्यक देखिन्छन्।

नेपाल बुद्ध जन्मिएको पवित्र भूमि भएकाले बुद्धका शिक्षा र दर्शनलाई देशभित्र मात्र होइन, विश्व समुदायसमक्ष पनि प्रभावकारी रूपमा पुर्‍याउनु हाम्रो दायित्व हो। बुद्धको मार्ग भनेको सत्य, करुणा, नैतिकता र मानवताको मार्ग हो। यही मार्गमा हिँडेर मात्र सभ्य, शान्त र समुन्नत समाज निर्माण गर्न सकिन्छ।

“बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि, संघं शरणं गच्छामि।”

यो केवल धार्मिक मन्त्र मात्र होइन, मानव जीवनलाई सत्य, शान्ति र सदाचारतर्फ डोर्‍याउने महान् सन्देश पनि हो। नमोबुद्ध गुम्बाको अवलोकनपछि मनमा यही भावना जागृत भयो कि मानिसले कसैलाई दुःख नदिई, अन्याय र अत्याचार नगरी, आफ्नो कर्म र कर्तव्यलाई इमानदारीपूर्वक निर्वाह गर्दै मानवताको मार्गमा अघि बढ्नुपर्छ।

पनौती नगरपालिकामा रहेको यो पवित्र नमोबुद्ध गुम्बा आज पनि शान्ति, करुणा, सहिष्णुता, मानवता र सदाचारको दीप बनेर सम्पूर्ण मानव समाजलाई सही मार्गतर्फ प्रेरित गरिरहेको छ। यहाँको वातावरणले जीवनलाई सकारात्मक सोच, आत्मिक शान्ति र मानवीय मूल्यप्रति समर्पित हुन प्रेरणा प्रदान गर्दछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु