दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ए स्टार नेपाल बास्केटबल लिगको क्वार्टर फाइनल खेलहरू आगामी आइतबारदेखि सुरु हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ २६ गते, मंगलवार ७:४३

पाँचौं ए स्टार नेपाल बास्केटबल लिग २०२६ को क्वार्टर फाइनल खेलहरू आउँदो आइतबार (३२ जेठ) देखि सुरु हुने भएका छन् । नेपाल बास्केटबल लिग युकेले महिला बलर्स क्लबसँगको सहकार्यमा आयोजना गरिरहेको यस लिगमा कुल ११ पुरुष र २ महिला टोलीले प्रतिस्पर्धा गरेका थिए ।
आगामी जुन १४ (आइतबार) का दिन फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमा दिउँसो १२ बजेदेखि साँझ ८ बजेसम्म क्वार्टर फाइनल खेलहरू सञ्चालन हुनेछन् । लिग संयोजक सार्थक गुरुङका अनुसार उक्त नकआउट चरणमा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । क्वार्टरफाइनलबाट छनोट भएका चार टोलीले सोही भेन्युमा आयोजना हुने सेमिफाइनलमा स्थान बनाउनेछन् भने फाइनल खेलहरू जुलाई ४ मा लन्डनको ब्रुनेल युनिभर्सिटी स्पोट्र्स सेन्टरमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुने तय भएको छ ।
लिगको हालसम्मको अंक तालिका (स्ट्यान्डिङ) अनुसार स्यान्डहस्र्ट निक्सले प्रभावशाली प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको छ । त्यस्तै, ग्रिनफोर्ड नाइट्स दोस्रो, डीबीएस तेस्रो र ह्याम्पशायर हुपर्स चौथो स्थानमा रहँदै शीर्ष चारमा पर्न सफल भएका छन् । यस्तै कोलचेस्टर एलिट, बलर्स स्ल्यामर्स, ग्रीनफोर्ड रोभर्स र नर्थोल्ट फ्लेमर्सले पनि क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्दै आठ टोलीको नकआउट लाइनअप पूरा गरेका छन् ।
विधागत प्रदर्शनतर्फ, प्रतिखेल औसत २९.४ अङ्क (एएन्) जोड्दै आयुष सिंह लिगको सर्वाधिक स्कोरर बनेका छन् । क्याल्भिन ची २७.० एएन् सहित दोस्रो र सुदन गुरुङ २६.८ एएन् का साथ तेस्रो स्थानमा रहे । थ्री–पोइन्ट सुटिङतर्फ अली अदनानले सर्वाधिक ४३ वटा थ्री–पोइन्टर्स प्रहार गर्दै पहिलो स्थान बनाए भने प्रशांत राईले ३२ र लोमस गुरुङले २८ थ्री–पोइन्टर्स सहित क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।
नेपाल बास्केटबल युकेका अध्यक्ष रूपक गुरुङले खेलाडीहरूको अटल उत्साह र दर्शकहरूको अत्यधिक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताएका छन् । उनले मुख्य प्रायोजकहरू ए स्टार मोर्टगेजेस र ए स्टार फाइनान्सियल सोलुसन्स युके लगायत सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद समेत ज्ञापन गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु