दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिस्टर एण्ड मिस एसईई आइकन २०२६ (सिजन १३) को फिनाले सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ २६ गते, मंगलवार १७:४२

मिस्टर एण्ड मिस एसईई आइकन २०२६ (सिजन १३) को फिनाले भव्य राजधानीमा सम्पन्न भएको छ। नवप्रतिभाहरूको व्यक्तित्व, प्रतिभा र सिर्जनात्मक क्षमताको पहिचान गराउने उद्देश्यले आयोजित प्रतियोगितामा किशोर तथा किशोरीतर्फका विजेताले नगद २ लाख रुपैयाँसहित उपाधि जितेका छन्।

प्रतियोगिताको किशोरीतर्फ तोशारा धनाहा मगर विजेता घोषित भइन्। क्रिजल लिम्बु फस्ट रनर्सअप तथा आभा राजोपाध्याय सेकेण्ड रनर्सअप बनिन्। हृदिमा तिमल्सिना थर्ड रनर्सअप र स्मारिका तामाङ फोर्थ रनर्सअप चुनिँदा सुहासी खड्गी फिप्‌mथ रनर्सअप भइन्।
त्यस्तै, किशोरतर्फ रोनिश मानन्धरले उपाधि जिते। ओजल ढाख्वा फस्ट रनर्सपअ तथा सुप्रित लामिछाने सेकेन्ड रनर्सअप भए।
प्रतियोगितामा विभिन्न विशेष विधाअन्तर्गत पनि सहभागीहरू पुरस्कृत भए। किशोरीतर्फ स्मारिका तामाङ मोस्ट पपुलर विनर, थेरेशा शाही पब्लिक च्वाइस विनर तथा सरगम साउद मोस्ट एक्टिभ घोषित भए। यस्तै, यशस्वी शाक्यले ब्यूटी विथ ब्रेन, आभा राजोपाध्यायले मिस ट्यालेन्ट, सुहासी खड्गीले मोस्ट फोटोजेनिक, कृति शाक्यले बेस्ट स्टोरीटेलिङ र बेस्ट कन्टेन्ट क्रिएटर तथा तोशारा धनाहा मगरले फेसन आइकनको उपाधि जितिन्।
किशोरतर्फ स्वरुप बिष्ट मोस्ट पपुलर विनर, रोनिश मानन्धर पब्लिक च्वाइस विनर र मोस्ट इन्टेलिजेन्ट, सुसन मोक्तान तामाङ मिस्टर र्याम्पवाक तथा स्वरुप बिष्ट मोस्ट फोटोजेनिक र मिस्टर ह्यान्डसम घोषित भए।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ शिक्षाविद् डा. लाक्पा शेर्पा, वरिष्ठ ड्रेस डिजाइनर सोनाम सुब्बा लिम्बु तथा इभेन्ट म्यानेजर कामना पौडेल रहेका थिए। कार्यक्रमको कोरियोग्राफी सुमी बानियाँले गरेकी थिइन् भने सञ्चालन प्रणिमा दाहालले गरेकी थिइन्।
ऐरी ब्युटी प्वाइन्ट, सनिल आर्ट तथा उप्स नेपालको प्रायोजन रहेको प्रतियोगिताको फोटो तथा भिडियो व्यवस्थापन कथा फोटो फिल्म्सले गरेको थियो। कार्यक्रम सफल बनाउन संयोजक शम्भुप्रसाद रेग्मी, इभेन्ट म्यानेजर लोमश बहादुर कार्की, लबिश कुमार कार्की तथा सहायक इभेन्ट म्यानेजर रोशनी कार्कीको विशेष योगदान रहेको आयोजकले जनाएका छन्।
आयोजक संस्था एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लब बहादुर कार्कीका अनुसार विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्दै उनीहरूलाई व्यक्तित्व विकास र सौन्दर्य क्षेत्रतर्फ प्रोत्साहित गर्ने उद्देश्यले मिस्टर एण्ड मिस एसईई आइकन प्रतियोगिता हरेक वर्ष आयोजना गरिँदै आएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु