दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विश्व रक्तदाता दिवस २०२६ को अवसरमा ‘INBDA Gift of Life Recognition Awards 2026’ आयोजना हुँदै”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ २८ गते, बिहीबार १८:५४

-सचिन्द्र श्रेष्ठ

विश्व रक्तदाता दिवस २०२६ को अवसरमा स्वेच्छिक रक्तदान अभियानलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने तथा रक्तदान क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका रक्तदाता, रक्तदान अभियन्ता, सामाजिक व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले “INBDA Gift of Life Recognition Awards 2026” कार्यक्रम आयोजना गर्ने भएको छ।

मानवतामुखी सेवाको उत्कृष्ट उदाहरणका रूपमा रहेको रक्तदान अभियानमा समर्पित व्यक्तित्वहरू तथा भगिनी सस्थाहरुको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूलाई सम्मान गर्ने तथा नयाँ पुस्तालाई समेत स्वेच्छिक रक्तदानतर्फ प्रेरित गर्ने लक्ष्यसहित उक्त कार्यक्रम आयोजना गर्न लागिएको संघले जनाएको छ।

भर्चुअल माध्यमबाट सञ्चालन हुने उक्त कार्यक्रममा विश्वभरका नेपाली समुदाय, रक्तदाता, रक्तदान अभियन्ता, स्वास्थ्यकर्मी तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा रक्तदान अभियानमा दीर्घकालीन तथा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति, अभियन्ता तथा संस्थाहरूलाई “INBDA Gift of Life Recognition Awards 2026” प्रदान गरी सम्मान गरिनेछ।

कार्यक्रम आगामी जुन १३, २०२६ (शनिबार) बिहान ८:०० बजे (Eastern Time), साँझ ५:४५ बजे (नेपाल समय) तथा साँझ ४:०० बजे (यूएई समय) मा जुम (Zoom) मार्फत आयोजना हुने जनाइएको छ।

कार्यक्रममा सहभागी हुनका लागि Meeting ID: 295 650 7735 तथा Passcode: 12345 प्रयोग गर्न सकिनेछ।

“हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान” भन्ने मूल नारालाई आत्मसात गर्दै विश्वभर छरिएर रहेका नेपाली रक्तदाता तथा मानवसेवाप्रेमी समुदायको योगदानलाई सम्मान गर्ने यस विशेष कार्यक्रममा सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले सबैमा अनुरोध गरेको छ।

संघले रक्तदान जीवन बचाउने सबैभन्दा सरल, सुरक्षित र प्रभावकारी माध्यम भएकाले नियमित स्वेच्छिक रक्तदान संस्कृतिको विकासमा सबैको सहभागिता आवश्यक रहेको समेत जनाएको छ।

“Every Drop Counts, Every Donor is a Hero” भन्ने सन्देशसहित कार्यक्रम आयोजना हुन लागेको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु