तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कर्णाली याक्सले मार्की सहित कुल सात खेलाडी रिटेन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते, आईतवार ६:१५

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन ३ को लागि कर्णाली याक्सले मार्की सहित कुल सात खेलाडी रिटेन गरेको छ।

राष्ट्रिय टिमका सदस्य सोमपाल कामीलाई लगातार तेस्रो सिजनको लागि मार्की खेलाडीको रूपमा निरन्तरता दिइएको छ। सोमपाल सँगै गुलसन झा, नन्दन यादव, पवन सराफ, युवराज खत्री, युनिस विक्रम सिंह ठकुरी, र दीपक डुम्रेलाई रिटेन गर्ने निर्णय कर्णाली याक्सले गरेको छ।

गत सिजनको टोलीबाट अर्जुन घर्ती, दीपेन्द्र रावत, इमरान शेख र विपिन खत्रीलाई रिलिज गरिएको छ।

गत सिजन टिममा रहेका सबै खेलाडी कर्णाली याक्सको लागि उतिकै महत्वपूर्ण रहेपनि नियम अनुसार रिलिज गर्नुपर्ने भएको कारण खेलाडी रिलिज गरिएको कर्णाली याक्सका निर्देशक ज्ञानेन्द्र मल्लले बताए। रिलिज भएका सबै खेलाडीलाई धन्यवाद दिंदै आगामी सिजनको अक्सनको लागि मल्लले शुभकामना दिएका छन्।

साथै कर्णालीले रिलिज गरेको सात खेलाडी सहित नेपाल प्रिमियर लिग सिजन ३ मा सशक्त रूपमा टीम अगाडि बढ्ने पनि निर्देशक मल्ले बताए।

कर्णाली याक्सले गत सिजन छैटौं स्थानमा लिग सकाएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु