
काठमाडौं, ३० पुस । सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ। वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा अनलाइन प्रणालीमार्फत गराउने तयारीमा रहेको ईपीएस शाखाका प्रवक्ता शोभाखर भण्डारीले जानकारी दिए। ‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौँ। त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमा परीक्षा दिनुपर्नेछ’, भण्डारीले भने। उनका अनुसार हाल आवेदन प्रक्रियालाई अनलाइन प्रणालीमा परिणत गरिएको छ।
अर्को वर्ष सन् २०२० देखि अनलाइनबाटै ईपीइस परीक्षा दिने व्यवस्था हुने उनले बताए।
श्राेतः janasawal.com


