तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

डिभाइनका सगेन्द्र मिस्टर महानगर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार १ गते, सोमबार ५:५६

जेठ ३१ गते । काठमाडौं महानगरपालिका २२ वडाको आयोजनामा भएको दोस्रो मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितामा डिभाइन फिटनेसका सगेन्द्र सिंह मिस्टर महानगर भएका छन् । राष्ट्रिय सभागृहमा भएको प्रतियोगितामा शनिबार राति विभिन्न तौल समूहका विजेताबीच भएको अल ओभर च्याम्पियनसिप जित्दै सगेन्द्र दोस्रो मि. महानगर भएका हुन । उनी ७५ प्लस केजी तौल समुहका विजेता पनि हुन् । मिस्टर महानगर बनेपछि उनले ५ लाख नगद पुरस्कारका साथै उपाधी, ट्रफि, मेडल प्राप्त गरे । उनले तौल समुहमा पहिलो भएर थप एक लाख नगद पुरस्कार पनि जितेका छन् ।
प्रतियोगितामा ५५ केजी तौल समूहमा प्रथम, द्वितीय, तृतीय, चौथौ, पाचौ क्रमशः जिम तारका सविन चौलागाई, फिटनेस ग्यारेजका सुनील आले, कम्फोर्ट जिमका महेन्द्र थापा मगर, डि जिमका दिनेश विक र फिटनेस ग्यारेजका सरोज कँडले भएका छन् । ६० केजीमा फिट एक्स जिमका अमृत गहतराज पहिलो, फिटनेस ग्यारेजका सौरभ थापा मगर दोस्रो, दि आइरन जिमका टेकबहादुर तामाङ तेस्रो, रोयल जिमका याकुब तोलाङगी चौथो र जिम कपनका सन्दीप अर्याल पाँचौँ स्थानमा रहनुभयो ।
६५ केजीमा फिटनेस ग्यारेजका नवराज डुम्रे विजेता बने । नवराजपछिको स्थानमा जेन एक्सका रोहन राई, वेभ फिटनेसका सन्दीप पुजारी, प्लाटिनम फिजिकल फिटनेसका प्रभाकर घिमिरे र फिटनेस ग्यारेजका खेमराज गिरी रहनुभयो । ७० केजीमा प्रथम, द्वितीय, तृतीय, चौथौ, पाचौँ स्थानमा फिटनेस ग्यारेजका माधव सुवेदी, आरबिएल फिटनेसका अनिश रसाइली, पावर फिटनेसका सोबेन थापा, रिभर फिल्ड जिमका रकी डङ्गोल र फिटनेस ग्यारेजका प्रतीक चौधरी रहे ।
७५ केजीमा नेपाल व्यायाम मन्दिरका क्षितिज थापा च्याम्पियन बने । पावर फिजिकलका सागर श्रेष्ठ दोस्रो, योगेन्द्र श्रेष्ठ तेस्रो, फिटनेस वल्र्डका सागर बोम्जन चौथो र फिटनेसनका प्रोग्रेस कारञ्जित पाँचौँ भए । ७५ प्लसमा सगेन्द्रले च्याम्पियन हुन फिटनेस मन्त्रका सुरज डङ्गोल, स्याडो फिटनेशका रामशरण महर्जन, प्लाटिनमका विनोद सुनार र फिट एक्सका कुशल प्रसाद गुरुङलाई दोस्रोदेखि पाँचौँ स्थानमा धकेले ।
तौल समुहमा प्रथम, द्वितीय, तृतीय, चौथौ, पाचौ हुनेले क्रमश १ लाख, ५० हजार, २५ हजार र १५ हजार र १० हजार रुपियाँ जितेका छन् । प्रतियोगिताअन्तर्गत स्पोर्टस फिजिक्सतर्फ महिला र पुरुष समुहमा प्रतिस्पर्धा भएको थियो । महिलातर्फ एनआरके फिटनेसकी सीता खत्री प्रथम, नयाँबजार डिभाइनकी शान्ता पालिखे दोस्रो, त्रिभुवन आर्मी क्लबकी तिल्सरा बुढाथोकी तेस्रो, फिटनेस ग्यारेजकी रुविना कुँवर चौथो र जेन एक्सकी रेखा पुनमगर पाँचौँ स्थानमा रहे ।
पुरुषतर्फ १७० सेमि मुनि पावर फिजिकलका आकाश श्रेष्ठ, आइरन पाराडाइजका ज्ञानेश्वर चौधरी, फिटनेश मन्त्रका अजयकुमार शाक्य, फिट एक्सका रेशम राना र वेभ फिटनेशका रोनित राई शीर्ष पाँच स्थानमा रहे । १७० सेमि माथि नयाँबजाजर डिभाइनका पुकार श्रेष्ठ पहिलो दि आइरनका सुमन कार्की, दोस्रो, एनआरकेका रमन तुलाधर तेस्रो, जेन एक्सका विजय लिम्बु चौथो र अनलिमिटेड लिफ्टिङका सचित खड्का पाँचौँ भए । स्पोर्टस फिजिक्स तर्फ प्रथम, द्वितीय, तृतीय, चौथौ, पाचौ हुनेलाइ क्रमश १ लाख २५ हजार, ७५ हजार, ५० हजार र २५ हजार र १० हजार नगद पुरस्कार दिइएको थियो ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल र आयोजक २२ वडाका अध्यक्ष चिनिकाजी महर्जनले ओभरअल विजेताहरुलाई नगद, ट्रफि, प्रमाणपत्र प्रदान गरेका थिए । यसैगरी तौल समुहका विजेतहरुलाइ आयोजक २२ वडाका सदस्यहरू अनिल हाडा, चन्द्रमान तुलाधर, ललिता खड्गी, गिता परियारलगायतले पुरस्कार वितरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु