तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

फ्लेभर्स अफ थाइल्याण्ड: थाई परिकारको विशेष यात्रा अब काठमाडौँ मेरियट होटेलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार ३ गते, बुधबार ५:३९

काठमाडौं, १६ जुन २०२६ – काठमाडौं मेरियट होटेलले थाई परिकारको वास्तविक स्वाद अब राजधानी काठमाडौँमै अनुभव गराउने उद्देश्यसहित “फ्लेभर्स अफ थाइल्याण्ड” नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ। एडामामे रेस्टुरेन्टमा सुरु भएको यो ईभेन्ट जुन १५ देखि २५ तारिखसम्म हरेक दिन दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ।फेस्टिभलको पहिलो दिन सञ्चारकर्मी एवम् चर्चित कन्टेन्ट क्रिएटरहरू- किछी भ्लग्स, रोनित श्रेष्ठ, ब्लर डायट र फूडेलिसियसएनपीलाई आमन्त्रण गरी “फ्लेभर्स अफ थाइल्याण्ड” को विशेष अनुभव गराइएको थियो।

यस फेस्टिभलको मुख्य आकर्षणका रूपमा सेफ ओन नामले परिचित मेरियट नर्थ पटायाका चर्चित सेफ नत्तावुद रुएङ्सामुत रहेका छन्। थाई, क्यान्टोनिज, इटालियन, फ्रेन्च, जापानीज तथा आधुनिक एसियन फ्युजन खानामा १९ वर्षभन्दा लामो अनुभव हासिल गरेका सेफ ओनले आफ्नो सिर्जनात्मकता र उत्कृष्ट कलिनरी मार्फत अतिथिहरूलाई गुणस्तरीय र प्रामाणिक स्वाद प्रदान गरिरहेका छन्।

फेस्टिभलमा प्रस्तुत मेनुले थाई खानाको परिचित र लोकप्रिय स्वादलाई समेटेको छ। अतिथिहरूले सी फुड स्टार्टरदेखि रिच करी र सुगन्धित राईसका परिकारसम्म, विविध स्वादको अनुभव लिन सक्नेछन्। प्ला साल्मन, लब्सटर, टम यम र पाड क्रा पाओ जस्ता विशेष परिकारहरू ताजा हर्ब्स र मसालाको प्रयोगबाट तयार गरिएका छन्, जसले थाई खानाको मौलिक स्वादलाई अझ जीवन्त बनाएको छ। यी परिकारसँगै थाई शैलीबाट प्रेरित विशेष ड्रिंक्सहरू सायम गार्डेन, फुकेट स्पाइस म्युल र थाई टी बोबा क्लाउड पनि उपलब्ध छन्, जसले सम्पूर्ण अनुभवलाई अझ विशेष बनाउने छन्।

यस विशेष फुड फेस्टिभलको एयरलाइन पार्टनरका रूपमा “स्मूथ अस सिल्क( Smooth as Silk)” स्लोगानका लागि परिचित थाई एअरवेज रहेको छ, जसले थाई अनुभवलाई अझ प्रामाणिक बनाएको छ।

“फ्लेभर्स अफ थाइल्याण्ड” ले थाइल्याण्डको जीवन्त सडक संस्कृति र समृद्ध कलिनरी परम्परालाई काठमाडौंमै ल्याउने प्रयास गरेको छ। ताजा सामग्री, सशक्त मसला र परम्परागत पाक विधिको संयोजन मार्फत प्रत्येक परिकारले थाई खानाको आफ्नै कथा प्रस्तुत गर्दछन्।
काठमाडौं मेरियट होटल सम्पूर्ण पाहुनाहरूलाई सीमित अवधिका लागि आयोजना गरिएको यस विशेष कलिनरी यात्रामा सहभागी भई थाइल्याण्डको मौलिक स्वाद अनुभव गर्न हार्दिक आमन्त्रण गर्दछ।

काठमाडौँ मेरियट होटेलको बारेमा:

काठमाडौंको मुटुमा अवस्थित काठमाडौं मेरियट होटेल नेपालकै अग्रणी लक्जरी आतिथ्य गन्तव्यका रूपमा स्थापित छ। मेरियट इन्टरनेसनलको अन्तर्राष्ट्रिय नेटवर्क अन्तर्गत रहेको यो होटेलले विश्वस्तरीय सेवा मापदण्डलाई नेपाली संस्कृति, समुदाय र आतिथ्यसँग जोड्दै आएको छ। सन् २०१९ मा सञ्चालनमा आएको यो होटेल फुर्सदिला यात्रु, व्यवसायिक पाहुना तथा स्थानीय साझेदारहरूको विश्वसनीय गन्तव्य बनेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु