दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट कृष्णहरि अर्याल सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार ४ गते, बिहीबार १६:५२

‘
काठमाडौं । सिन्धु पोल्ट्री प्रालिका प्रबन्ध निर्देशक तथा सफल उद्यमी कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित हुनुभएको छ।

कर्पोरेट मिडिया ग्रुपद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘ईश्वरलाल १८औँ कर्पोरेट बिजनेस अवार्ड २०२६’ समारोहमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हरि ढकालले अर्याललाई उक्त अवार्ड प्रदान गर्नुभएको हो।

व्यावसायिक निष्ठा, उत्कृष्ट सेवाभाव, प्रभावकारी नेतृत्व क्षमता तथा संस्थागत सहकार्यमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले जानकारी दिनुभयो।

सिन्धु पोल्ट्री प्रालिमार्फत अर्यालले व्यावसायिक रूपमा ठूलो मात्रामा अण्डा उत्पादन गर्दै देशको कृषि तथा पशुपन्छी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ। उहाँको नेतृत्वमा सञ्चालित उद्योगले स्वदेशी उत्पादन प्रवर्द्धन गर्नुका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सयौँ युवालाई रोजगारी उपलब्ध गराएको छ।
व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय अर्याल विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा संलग्न रहँदै आउनुभएको छ। कृषि उद्यमशीलता, रोजगारी सिर्जना तथा समाजप्रतिको उत्तरदायित्वपूर्ण योगदानका कारण उहाँ उद्योग तथा व्यवसाय क्षेत्रका प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।

अवार्ड ग्रहणपछि अर्यालले प्राप्त सम्मानले आगामी दिनमा अझ जिम्मेवार र समर्पित भएर काम गर्न प्रेरणा मिलेको बताउनुभयो। उहाँले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण कर्मचारी, सहकर्मी तथा शुभेच्छुकहरूको साझा सफलताको प्रतिफल भएको उल्लेख गर्नुभयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु