दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन सुरु, शीर्ष राजनीतिक नेतृत्वको उल्लेखनीय उपस्थिति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार ७ गते, आईतवार १६:०३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना भएको करिब चार वर्षपछि आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको औपचारिक सुरुवात गरेको छ। चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा आयोजित विशेष समारोहबीच महाधिवेशन उद्घाटन गरिएको हो।

आइतबार आयोजित उद्घाटन समारोहमा रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको शुभारम्भ गरेका थिए। महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण तथा भावी राजनीतिक दिशानिर्देशनका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
महाधिवेशनमा देशभरबाट आएका ४ हजार २ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी भएका छन्। प्रतिनिधिहरूले आगामी नेतृत्व चयन, नीतिगत बहस तथा पार्टीको भावी कार्यदिशाबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। शुभकामना मन्तव्य दिन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका नेता वर्षमान पुन, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशन स्थल पुगेका थिए।

रास्वपाको यो पहिलो राष्ट्रिय महाधिवेशनलाई नेपालको समकालीन राजनीतिमा नयाँ शक्तिको संगठनात्मक परिपक्वताको परीक्षणका रूपमा समेत हेरिएको छ। महाधिवेशनबाट पार्टीको आगामी रणनीति, नेतृत्व संरचना र राजनीतिक एजेन्डाबारे महत्वपूर्ण निर्णयहरू सार्वजनिक हुने अपेक्षा गरिएको

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु