तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

डा. लाक्पा शेर्पालाई “राष्ट्रिय शिक्षा सम्मान–२०८३” प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार १४ गते, आईतवार १८:५०

काठमाडौं । शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएको भन्दै लेबोरेटरी माध्यमिक विद्यालयका प्रिन्सिपल डा.लाक्पा शेर्पालाई “राष्ट्रिय शिक्षा सम्मान–२०८३” प्रदान गरिएको छ।

सामाजिक संस्था फोकस नेपालद्वारा शनिबार आयोजित विशेष समारोहमा प्रमुख अतिथि पूर्व शिक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले डा.शेर्पालाई सम्मान प्रदान गर्नुभएको हो।

संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलका अनुसार शिक्षा,सामाजिक सेवा तथा शैक्षिक अभियानका क्षेत्रमा डा.शेर्पाले पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको कदरस्वरूप उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।

सम्मान समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले शिक्षा क्षेत्रको विकास र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा समर्पित व्यक्तित्वहरूको योगदान राष्ट्र निर्माणका लागि महत्वपूर्ण हुने बताउनुभयो। उहाँले डा. शेर्पाले शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको योगदान प्रेरणादायी रहेको उल्लेख गर्दै यस्ता व्यक्तित्वहरूको सम्मानले समाजमा सकारात्मक सन्देश प्रवाह हुने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा आयोजक संस्था फोकस नेपालका अध्यक्ष पोखरेलले संस्थाले हरेक वर्ष शिक्षा तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूको कामको मूल्याङ्कन गरी सम्मान गर्दै आएको जानकारी दिनुभयो।

विद्यार्थी सर्वप्रथम प्रधानम्” भन्ने उद्देश्यलाई आत्मसात् गर्दै डा. शेर्पाञ्जुले लामो समयदेखि शिक्षा क्षेत्रमा निष्ठा र समर्पणका साथ योगदान पुर्‍याउँदै आउनुभएको छ। विभिन्न शैक्षिक संघ–संस्थाको नेतृत्व गर्दै उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक, सेवामूलक तथा सामाजिक गतिविधिमार्फत शिक्षा क्षेत्रको विकास तथा सामाजिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको सम्मानपत्रमा उल्लेख गरिएको छ।

राष्ट्रिय कलाकारहरूको नृत्य तथा विशेष सांगीतिक प्रस्तुतिसहित सम्पन्न कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका अन्य व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु