
ललितपुर, असार १५ । बरिस्ठ साहित्यकार बिक्रम भक्त जोशी को बहुचर्चित निकथा संग्रह चोभार ब्लुज को दोस्रो संस्करण शनिबार ललितपुरमा आयोजित एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।
कार्यक्रममा चर्चित साहित्य अन्वेषक प्रकाश सायमी ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। समारोहमा सनत कुमार वस्ती ले साहित्यकार जोशीसँग अन्तरक्रियात्मक संवाद सञ्चालन गर्नुभएको थियो भने चोभार ब्लुज माथि परिचर्चासमेत गरिएको थियो।
परिचर्चाका क्रममा साहित्य अनुरागी रामचन्द्र मान सिंह र ममता मृदुल लगायतले कृतिको समालोचनात्मक समीक्षा तथा विवेचना प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सांगीतिक प्रस्तुति पनि समावेश गरिएको थियो। यस क्रममा गायिकाहरू रोजी श्रेष्ठ, एन्जिला श्रेष्ठ र मथुरा प्रधान श्रेष्ठ ले गीत प्रस्तुत गर्दै कार्यक्रमलाई सांगीतिक रंग प्रदान गरेका थिए।


