तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मुन्दुम पदमार्गमा दिगो पर्यटन प्रवर्द्धनका लागि तीनदिने तालिम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार १८ गते, बिहीबार २०:५५

भोजपुर, आषाढ १८ । मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटन सेवाको गुणस्तर अभिवृद्धि तथा दिगो पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तीनदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

टेम्केमैयुङ गाउँपालिकाको आयोजना तथा पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको सहकार्यमा आतिथ्य व्यवस्थापन, सरसफाइ तथा दिगो पर्यटन व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सञ्चालन गरिएको हो।

आषाढ १६ देखि १८ गतेसम्म टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुस्थित गोठेसिंह होमस्टेमा सञ्चालन भएको तालिममा मुन्दुम पदमार्ग ट्रेल क्षेत्रमा पर्ने षडानन्द नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका तथा खोटाङको साकेला गाउँपालिकाका २८ जना प्रतिनिधिको सहभागिता रहेको थियो।

तालिममा पर्यटन सेवाको गुणस्तर अभिवृद्धि, होमस्टे सञ्चालन, पाहुना सत्कार, खाद्य स्वच्छता, सरसफाइ तथा दिगो पर्यटन व्यवस्थापनका विषयमा सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। तालिमका मुख्य प्रशिक्षक मोहन बहादुर गजुरेल तथा सहप्रशिक्षक प्रशान्त वडालले स्थानीय पर्यटनलाई आयआर्जनसँग जोड्न गुणस्तरीय सेवा, स्थानीय संस्कृति संरक्षण र पर्यावरणमैत्री पर्यटन अभ्यास आवश्यक रहेको बताउनुभयो।

तालिमको समापन कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रमा देवी राई, वडा नं. ३, ८ र ९ का वडा अध्यक्षहरू, पदमार्गमा आधारित पर्यटन विकास परियोजनाकी सामाजिक सुरक्षा अधिकृत एवं कार्यक्रम संयोजक पार्वती राना लगायतको उपस्थिति रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले मुन्दुम पदमार्ग क्षेत्रको पर्यटन विकासका लागि स्थानीय समुदायको क्षमता अभिवृद्धि अपरिहार्य रहेको बताउनुभयो। उपाध्यक्ष राईले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी होमस्टे तथा स्थानीय पर्यटन सेवाको स्तर उकास्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

सहभागीहरूले तालिमबाट आतिथ्य सेवा, सरसफाइ तथा दिगो पर्यटन व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्राप्त भएको जनाउँदै आगामी दिनमा त्यसलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस प्रकारका पहलहरूले मुन्दुम पदमार्गलाई गुणस्तरीय, दिगो र समुदायमैत्री पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु