दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली डान्सर स्वजन रघुबंशीको बनारसमा चमत्कार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २ गते, बुधबार १३:०२

काठमाडौं। नेपाली नृत्यमा गोल्ड मेडलिष्ट समेत बनेर विश्वविख्यात बनिसकेकी डान्सर स्वजन रघुबंशी यतिखेर भारतमा रहेका छन्।

भारतको बनारसस्थित काशी हिन्दू विश्वविद्यालयमा मास्टर इन परफर्मिङ आर्ट भरतनाट्यममा मास्टर डिग्रीको अध्ययनको सिलसिलामा गोल्डमेडलिस्ट डान्सर रघुबंशी त्यहाँ बसेका हुन्।

दुई बर्षको कोर्शको डिग्री हासिल गर्न काशी हिन्दू विश्वविद्यालयमा अध्ययनरत रहेका रघुबंशीले त्यहाँको विश्वप्रसिद्ध गूर प्रो.प्रेमचाद हम्बलसंग भरत नाट्यमका कठिन भन्दा कठिन नृत्यहरु सिक्ने कार्य भैरहेको जानकारी बनारसवाट रघुबंशीले भिजन संसार डटकमलाई दिएका छन्।

भारतको टप–थ्री विश्वविद्यालयको रुपमा रहेको काशी हिन्दू विश्वविद्यालयमा विभिन्न विधामा डिग्री गर्ने धेरै नेपालीहरु रहेको पनि रघुबंशीले भनेका छन्। नेपालमा एक से एक नृत्यका स्टेजमा चमत्कारिक नृत्य गरेर अत्यन्त चर्चा पाएका रघुवंशी कात्तिक नाचका अदभूत अवतार समेत हुन्।

जसको नृत्यमा आगो बल्ने गरेको छ। नृत्यका अत्यन्त ज्वलनशील माहिर कलाकार रघुबंशीको नृत्य कलाकारितामा बनारसका एक से एक गुरुहरु पनि लोभिएका छन्। उनीहरुले मुक्तकण्ठले कलाकार रघुबंशीको तारिफ गर्ने गरेका छन्।

बनारसमा अध्ययन गरेको ६ महिना नपुग्दै त्यहाँका विभिन्न स्टेजका कार्यक्रमहरुमा भाग लिएर सवैको वाहवाही पाइसकेका रघुबंशीले अवको डेढ बर्षपछि त्यहाँको डिग्री लिएर मात्र नेपाल फर्कने भएका छन्।

श्राेतः visionsansar.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु