तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

लायन्स सप्ताहअन्तर्गत धापाखेलमा वृक्षरोपण, हरित नेपाल अभियानलाई थप बल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार २० गते, शनिबार २१:१९

ललितपुर, असार २१ — लायन्स सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शनिबार ललितपुरको धापाखेलस्थित पशुपति ग्रीन पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

लायन्स क्लब अफ काठमाडौं महिमा, कम्युनिटी पिस, शुभतारा लगायतका क्लबहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा लायन गणेश आचार्यको अगुवाइमा फलफूल तथा तेजपत्ताका बिरुवा रोपिएका हुन्।

कार्यक्रममा वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ समाज निर्माणमा सबैको साझा दायित्व रहेको उल्लेख गर्दै सहभागीहरूले वृक्षरोपणलाई सामाजिक उत्तरदायित्वसँग जोडेर निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

वृक्षरोपण कार्यक्रममा अनु जोशी, गणेश आचार्य, उद्धव महरा, राजेश हिमालय, सुशीला श्रेष्ठ तथा पुरुषोत्तम तिमिल्सिनासहित विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार यस्ता वातावरणमैत्री कार्यक्रमले हरित नेपाल निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै समाजमा संरक्षण, सेवा र सामुदायिक उत्तरदायित्वको संस्कृतिलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ।

लायन्स सप्ताहअन्तर्गत सामाजिक सेवा, वातावरण संरक्षण तथा जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइँदै आएको आयोजकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु