दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

म्हेपिमा पञ्चरक्षा पूजा र पञ्चरक्षाको मन्त्राभिषेक सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार २१ गते, आईतवार ५:३१

–धर्मराज बज्राचार्य

काठमाडौं। नेपाल परम्परागत बौद्ध धर्म संघ, कान्तिपुर तथा बज्राचार्य अध्ययन मण्डलको संयुक्त आयोजनामा शनिबार काठमाडौंको म्हेपिस्थित म्हेपि द्योः परिसरमा पञ्चरक्षा पूजा, पञ्चरक्षा साधना अभिषेक सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा श्रद्धेय चक्रेश्वर गुरुवर प्रा.डा. नरेशमान बज्राचार्यको मूलाचार्यत्वमा पञ्चरक्षा साधना, अभिषेक, मन्त्र, यन्त्र, धारणी, माला मन्त्र तथा धूप बनाउने विधि बारेमा समेत विस्तृत जानकारी गराइएको थियो।

पञ्चरक्षा पूजा तथा मन्त्राभिषेक कार्यक्रममा मञ्जुश्री रत्न बज्राचार्य, भीमरत्न बज्राचार्य र दशरत्न बज्राचार्यले सह–आचार्यको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रममा सुरेश बज्राचार्य तथा उहाँको परिवार जजमानका रूपमा सहभागी भएका थिए।

काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुरलगायत विभिन्न स्थानबाट आएका करिब १५० जना गुरु बज्राचार्य, गुरुमाँजू तथा धर्मानुरागीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रमका क्रममा पञ्चरक्षाअन्तर्गत महाप्रतिसरा, महासाहस्रप्रमर्दिनी, महामायुरी, महामन्त्रानुसारिणी तथा महाशीतवतीका मन्त्र सम्बन्धित आचार्यहरूबाट प्रदान गरिएको थियो। साथै महास्थविर उत्तम बज्र बज्राचार्यबाट पञ्चरक्षा धारणी पाठसम्बन्धी ग्रन्थ पनि सहभागीहरूलाई वितरण गरिएको थियो।

आयोजकका अनुसार यस्ता धार्मिक तथा शैक्षिक कार्यक्रमले नेपालमा बज्रयान बौद्ध परम्परा, पूजा विधि तथा आध्यात्मिक ज्ञानको संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु