दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

परदेशको पीडा बोकेको सुरेश अञ्जानको ‘लौननी यस्तो भएँ म किन ?’ चर्चामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार २६ गते, शुक्रबार ६:१९

सार्वजनिक भएको एक सातामै युट्युबमा करिब १५ लाख दर्शक, टिकटक ट्रेन्डिङ नम्बर १ मा पुग्न सफल

काठमाडौं । नेपाली लोकदोहोरी संगीतमा मौलिकता, भावना र सिर्जनशीलताको सुन्दर संयोजन प्रस्तुत गर्दै आएका गायक तथा सर्जक सुरेश अञ्जान आफ्नो नयाँ लोकदोहोरी गीत ‘लौननी यस्तो भएँ म किन ?’ लिएर दर्शक तथा श्रोतामाझ आएका छन्। सार्वजनिक भएको छोटो समयमै गीतले युट्युब र सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्दै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।
प्रेम, बिछोड, परदेशको पीडा, सम्झना र जीवनका यथार्थ भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको यस गीतले विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारको मन छुने प्रयास गरेको छ। गीतका शब्दमा समेटिएको संवेदना र यथार्थले धेरै श्रोतालाई आफ्नै जीवनसँग जोडेको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएको छ।
गीतमा सुरेश अञ्जान र चर्चित गायिका अञ्जिता विश्वकर्माको सुमधुर स्वर रहेको छ। गीतका शब्द तथा संगीत स्वयं सुरेश अञ्जानले सिर्जना गरेका हुन् भने संगीत संयोजन शिवा कनौजे मगरले गरेका छन्। मिक्सिङ तथा मास्टरिङ बिमल छिनाल, रेकर्डिङ रोजित महर्जन तथा डाइनामिक स्टुडियोको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।
गीतको भिडियो अफ्रिकी मुलुक नाइजेरियामा छायांकन गरिएको छ, जसले नेपाली लोकसंगीतलाई अन्तर्राष्ट्रिय परिवेशसँग जोड्ने नयाँ आयाम दिएको छ। भिडियोका निर्माता सुरेश अञ्जान हुन् भने निर्देशन तथा कोरियोग्राफी अनुष्का घर्ती क्षेत्रीले गरेकी हुन्।
भिडियोमा अनुष्का घर्ती क्षेत्री, धुर्बे, विष्णु गिरी र नाइजेरियन कलाकार आइशात सनुसीको अभिनय रहेको छ। साथै नृत्यतर्फ नेपाल र नाइजेरियाका कलाकारहरूको संयुक्त प्रस्तुति समावेश गरिएको छ, जसले भिडियोलाई अझ आकर्षक बनाएको छ।
भिडियोको छायांकन टीजे ओलादेजो, सम्पादन तथा कलर ग्रेडिङ राजकुमार मगर, पोस्टर डिजाइन एसडी हाउस, मेकअप अलारा ग्लाम सिग्नेचर्स, लोकेसन व्यवस्थापन नुरियत आयोडेजी तथा पोस्ट–प्रोडक्सन राजकुमार फिल्म्सले गरेका छन्।
निर्माता सुरेश अञ्जानका अनुसार साहित्यकार हरि गिरी बिमर्शीसहित नेपाल र नाइजेरियाका विभिन्न व्यक्तित्वहरूको सहयोगमा यो परियोजना सम्पन्न भएको हो।
सार्वजनिक भएको एक सातामै गीतले युट्युबमा करिब १५ लाख दर्शकको माया पाएको छ भने टिकटक ट्रेन्डिङ नम्बर १ मा पुग्न सफल भएको छ। गीतको भाव, शब्द, संगीत, गायन, भिडियो निर्माण र नेपाल–नाइजेरियाबीचको सांस्कृतिक सहकार्यलाई दर्शकले विशेष रूपमा रुचाएका छन्।
भावनात्मक प्रस्तुति, उत्कृष्ट भिडियो निर्माण र नेपाली मौलिकतालाई अन्तर्राष्ट्रिय परिवेशसँग जोड्ने प्रयासका कारण ‘लौननी यस्तो भएँ म किन ?’ यस वर्षको चर्चित लोकदोहोरी गीतमध्ये एक बन्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु