दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चण्डीगढमा नेपाली जनसम्पर्क समितिको पश्चिम–उत्तर भारत क्षेत्रीय अन्तरक्रिया सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार २६ गते, शुक्रबार १४:३२

चण्डीगढ, भारत। नेपाली जनसम्पर्क समिति भारतको पश्चिम–उत्तर भारत क्षेत्रको आयोजनामा विधान संशोधन, नीतिगत तथा कार्यक्रमगत विषय, क्रियाशील सदस्यता, संगठन सुदृढीकरण तथा प्रवासी नेपाली समुदायका समसामयिक समस्या र समाधानका विषयमा केन्द्रित वृहत् क्षेत्रीय अन्तरक्रिया कार्यक्रम चण्डीगढमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता पश्चिम–उत्तर भारत क्षेत्रीय अध्यक्ष राजु चन्द ठकुरीले गर्नुभएको थियो भने सञ्चालन ढाकाराम पौडेलले गर्नुभएको थियो। कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
अन्तरक्रियामा केन्द्रीय उपाध्यक्ष तारापति न्यौपाने, केन्द्रीय सहमहामन्त्री जीवलाल भट्टराई, प्रवक्ता उमेश काफ्ले, केन्द्रीय सदस्यहरू धर्मागत काफ्ले, भीमलाल भुसाल, खुमप्रसाद काफ्ले, गोविन्द भट्टराई लगायत केन्द्रीय तथा क्षेत्रीय पदाधिकारी, विभिन्न शाखाका प्रतिनिधि, महिला, दलित, जनजाति, तरुण, कलाकार, पत्रकार तथा ठूलो संख्यामा जनसम्पर्ककर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा आगामी २०२६ जुलाई २५ र २६ गते मुम्बईमा आयोजना हुने नेपाली जनसम्पर्क समिति भारतको ५०औँ स्थापना दिवस तथा १०औँ केन्द्रीय अधिवेशनलाई ऐतिहासिक, भव्य र सफल बनाउन आवश्यक तयारीबारे विस्तृत छलफल गरिएको थियो। साथै विधान संशोधन, नीतिगत तथा कार्यक्रमगत प्रस्ताव, क्रियाशील सदस्यता व्यवस्थापन, संगठन विस्तार तथा सुदृढीकरण तथा प्रवासी नेपाली समुदायका समसामयिक समस्या र समाधानका उपायबारे सहभागीहरूले रचनात्मक सुझाव प्रस्तुत गरेका थिए।

वक्ताहरूले संगठनलाई अझ सशक्त, गतिशील र प्रभावकारी बनाउँदै नेपाल–भारत सम्बन्ध, लोकतान्त्रिक मूल्य–मान्यता तथा प्रवासी नेपालीहरूको हकहित संरक्षणमा नेपाली जनसम्पर्क समितिको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
प्रमुख अतिथि तथा केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेले क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरूले उठाएका विभिन्न जिज्ञासा र समस्याको समाधानबारे स्पष्ट पार्दै समितिको भावी कार्ययोजना र नेपाली कांग्रेसको संगठनात्मक दृष्टिकोणका विषयमा प्रशिक्षणसमेत दिनुभएको थियो।
कार्यक्रममा प्राप्त सुझावहरू आगामी केन्द्रीय अधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ। सहभागीहरूको सक्रिय सहभागिता र रचनात्मक योगदानका कारण कार्यक्रम उपलब्धिमूलक र सफल भएको महासचिव ढाकाराम पौडेलले जानकारी दिनुभयो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु