दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आर सी रिमालको स्वरमा नयाँ गीत ‘भागदौड’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ असार २७ गते, शनिबार ८:२१

काठमाडौं । गायक आर सी रिमालको स्वरमा सजिएको बिल्कुलै नयाँ र पृथक् शैलीको सङ्गीतिक प्रस्तुति ‘भागदौड’ (Bhag Daud) सार्वजनिक भएको छ। आधुनिक समाजको अन्धाधुन्ध प्रतिस्पर्धा, व्यक्तिगत सङ्घर्ष र जीवनको दौडधुपलाई गीतमा निकै रोचक ढंगले प्रस्तुत गरिएको छ।

​राम काजी घिमिरेको यथार्थपरक शब्द तथा स्वयं रिमालकै सङ्गीत र लोकेन्द्र सुब्बाको सङ्गीत संयोजन रहेको यस गीतमा आर सी रिमालले सशक्त स्वर दिनुभएको छ।

​गीतका केही चर्चित अंशहरू:
​”उसले मलाई खेद्यो मैले यसलाई खेदे,

खेद्दा खेद्दै आज आफै भड्कालोमा खसे…”

​”लड्नु परे लड्छु, मर्नु परे मर्छु,

भागदौडको दुनियामा म सधैँ अघि पर्छु…”

आफैंमा एउटा फरक ऊर्जा र क्रान्तिकारी भाव बोकेको यो गीतले नेपाली सङ्गीत बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास निर्माण टिमले लिएको छ। यो गीत आर सी रिमालको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ।

:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु