
काठमाडौं। आइआईएफटी (IIFT) ले आयोजना गरेको ‘ड्रेस टु इम्प्रेस’ कार्यक्रममा फेसियल हाउसले उल्लेखनीय भूमिका निर्वाह गरेको छ। काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान (प्रज्ञा भवन) मा आयोजित कार्यक्रममा फेसियल हाउसका ६१ जना व्यावसायिक मेकअप आर्टिस्टले १५५ जना सहभागीको मेकअप गरेका हुन्।

फेसियल हाउसका दक्ष मेकअप आर्टिस्टहरूको टोलीले सहभागीहरूलाई आकर्षक तथा व्यावसायिक लुक प्रदान गर्दै कार्यक्रमलाई थप भव्य र सफल बनाउन महत्त्वपूर्ण योगदान दिएको थियो। कार्यक्रममा विभिन्न फेसन प्रस्तुति, सिर्जनात्मक डिजाइन तथा मेकअप कलाको उत्कृष्ट प्रदर्शन गरिएको थियो।

फेसियल हाउसले नेपालमा व्यावसायिक सौन्दर्य सेवा तथा मेकअप क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको जनाएको छ। संस्थाका अनुसार यस कार्यक्रममार्फत पनि आफ्नो दक्षता, अनुभव र सेवा गुणस्तर प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएको छ।

आयोजकका अनुसार कार्यक्रममा कुल १५५ जना सहभागी थिए, जसको सम्पूर्ण मेकअप व्यवस्थापन फेसियल हाउसका ६१ जना मेकअप आर्टिस्टले गरेका थिए। आयोजक तथा सहभागीहरूले यस उपलब्धिले नेपालको ब्युटी तथा फेसन उद्योगमा फेसियल हाउसको व्यावसायिक क्षमता र नेतृत्वलाई थप स्थापित गरेको बताएका छन्।


