
निकोसिया साइप्रस
-किरात राई यायोक्खा शाखा साइप्रसको चौथो अधिवेशन २०२६ जुलाई ५ का दिन लिमासोलमा सम्पन्न भएको छ।
अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्दै संस्थाको अध्यक्ष पदको जिम्मेवारी नवनिर्वाचित अध्यक्ष गोमा थुलुङ राई लाई हस्तान्तरण गरिएको छ।
कार्यक्रममा पूर्व अध्यक्षले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरू, साथ दिने संघसंस्थाहरू र मिडिया/पत्रकारहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि साथ र सहयोगको अपेक्षा राखेको बताए।
अधिवेशनको मुख्य नारा “हाम्रो संस्कृति, हाम्रो पहिचान – बाँचौँ अनि बचाउ” लाई आत्मसाथ गर्दै भाषा, संस्कार र संस्कृतिको संरक्षणका लागि एकबद्ध भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नवनिर्वाचित कार्यसमिति २०२६
– संस्थापक सल्लाहकार: रमिला राई
– संरक्षक सल्लाहकार: नवीन राई
– सल्लाहकार: सविता राई
– अध्यक्ष: गोमा थुलुङ राई
– वरिष्ठ उपाध्यक्ष: हाप्पा चाम्लिङ राई
– उपाध्यक्ष: मोना राई
– महासचिव: साङ्नेमा बान्तावा
– सचिव: सावित्रा बान्तावा राई
– सह-सचिव: लजिना राई
-कोषाध्यक्ष: सेक्तुम बसुन
– सह-कोषाध्यक्ष: प्रतीक्षा देखेलीमा राई
– सांस्कृतिक विभाग प्रमुख: सनी राई
– सदस्यहरू: रमिता राई, सरिता राई, नम्रता राई, क्यारोल राई
नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको अग्रिम शुभकामना साथै हार्दिक बधाई।


