तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सोफा हब काठमाडौं सातौँ वर्षमा प्रवेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण १ गते, शुक्रबार ५:००

काठमाडौं । नेपाली फर्निचर क्षेत्रमा गुणस्तरीय उत्पादन र विश्वासिलो सेवामार्फत आफ्नो अलग पहिचान स्थापित गर्न सफल सोफा हब काठमाडौं सफलतापूर्वक छैटौँ वर्ष पूरा गर्दै सातौँ वर्षमा प्रवेश गरेको छ।
यस अवसरमा कम्पनीका अध्यक्ष तारालाल धरेलले ग्राहकहरूको निरन्तर विश्वास, माया र साथ नै संस्थाको सफलताको प्रमुख आधार रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “ग्राहकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो। यही विश्वासलाई आत्मसात् गर्दै गुणस्तरीय उत्पादन, आधुनिक डिजाइन र उत्कृष्ट सेवामार्फत देशभरका ग्राहकसम्म अझ प्रभावकारी रूपमा पुग्ने हाम्रो प्रतिबद्धता छ। आगामी दिनमा पनि नेपाली फर्निचर उद्योगलाई थप सशक्त बनाउने दिशामा निरन्तर अघि बढ्नेछौं।”

काठमाडौंबाट सुरु भएको सोफा हबले हाल देशका विभिन्न प्रमुख शहरहरूमा आफ्ना शाखामार्फत सेवा विस्तार गर्दै हजारौँ ग्राहकको विश्वास जित्न सफल भएको जनाएको छ। कम्पनीले आगामी दिनमा थप स्थानमा शाखा विस्तार गर्दै गुणस्तरीय फर्निचरलाई देशभर सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ।

सातौँ वर्ष प्रवेशको अवसरमा सोफा हब काठमाडौंले सम्पूर्ण ग्राहक, शुभचिन्तक, व्यावसायिक साझेदार तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु