दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सामाजिक अभियन्ता तुलसीराम पाण्डे एनआरएनए आईसीसी सदस्यमा मनोनीत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण १ गते, शुक्रबार १४:०५

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकता महाधिवेशनपछिको संगठनलाई पूर्णता दिने क्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सहित विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य र सल्लाहकारहरूको मनोनयन गरेको छ। संघको संशोधित विधानअनुसार ५१ सदस्यीय आईसीसी गठन गरिएको छ, जसअन्तर्गत कतारबाट सामाजिक अभियन्ता तुलसीराम पाण्डे र युवराज शर्मा आईसीसी सदस्यमा मनोनीत भएका छन्।

कतारमा करिब दुई दशकदेखि नेपाली समुदायको हकहित, सामाजिक सेवा र मानवीय सहयोगमा निरन्तर सक्रिय रहँदै आएका पाण्डेको मनोनयनलाई प्रवासी नेपाली समुदायले सकारात्मक रूपमा लिएको छ। सामाजिक उत्तरदायित्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर समुदायका लागि निरन्तर योगदान दिँदै आएका पाण्डे कतारमा परिचित सामाजिक अभियन्ताका रूपमा चिनिन्छन्।

एनआरएनएमा सुरुदेखि नै सक्रिय रहेका पाण्डे केही समय संस्थागत गतिविधिबाट टाढिएका थिए। संस्था एकतापछि विभिन्न साथी, अग्रज तथा एनआरएनए अभियन्ताहरूको आग्रहलाई स्वीकार गर्दै आफू पुनः संस्थामा फर्किएको उनले बताएका छन्।

“म संस्था, समाज र नेपालीका लागि केही गर्न फेरि फर्किएको हुँ। मेरो उद्देश्य पद ओगट्नु होइन, काम गर्नु हो,” पाण्डेले भने ।

उनका अनुसार एनआरएनए विश्वभर रहेका नेपालीहरूको साझा संस्था भएकाले यसलाई अझ एकताबद्ध, प्रभावकारी र परिणाममुखी बनाउँदै प्रवासी नेपालीका हितमा काम गर्नुपर्ने आवश्यकता छ।
यसअघि एनआरएनए कतारको सल्लाहकारको जिम्मेवारीमा रहँदा पनि पाण्डेले संस्थागत सुधार, समुदायबीच सहकार्य अभिवृद्धि तथा सामाजिक अभियान सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। समस्यामा परेका नेपालीलाई सहयोग, सामाजिक एकता र समुदायलाई जोड्ने विभिन्न अभियानमा उनको योगदान उल्लेखनीय मानिन्छ।

संघको पछिल्लो निर्णयअनुसार आईसीसीमा महिला, दोस्रो पुस्ता, विज्ञ समूह तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्बाट प्रतिनिधित्व सुनिश्चित गर्दै ५१ सदस्यीय परिषद्लाई पूर्णता दिइएको छ। पाण्डेको मनोनयनसँगै प्रवासी नेपालीको हकहित, एनआरएनएको संस्थागत सुदृढीकरण तथा नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउन उनले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु