तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न, जनकपुरमा १२औँ शाखा र दाङमा विस्तारको तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण २ गते, शनिबार ९:१६

काठमाडौं, साउन २। सोफा हब काठमाडौं प्रा.लि.ले आफ्नो छैटौँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सोफा हबलाई युवा उद्यमशीलता, स्वदेशी उत्पादन तथा सफल ब्रान्ड निर्माणको उदाहरणका रूपमा प्रशंसा गर्दै नेपालमै बसेर पनि सफल व्यवसाय निर्माण गर्न सकिने सन्देश दिएको बताए।
उनले छोटो अवधिमै देशभर ११ वटा शाखामार्फत सेवा विस्तार गर्न सफल हुनु योजनाबद्ध व्यवस्थापन, गुणस्तरीय उत्पादन, ग्राहकप्रतिको प्रतिबद्धता तथा निरन्तर परिश्रमको परिणाम भएको उल्लेख गरे। साथै, हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना गरिएको फोम उद्योगले आयात प्रतिस्थापन, स्थानीय उत्पादन प्रवर्द्धन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

अग्रवालले उद्योग तथा व्यापारको दिगो विकासका लागि नीतिगत स्थिरता, लगानीमैत्री वातावरण तथा सरकार–निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रका समस्या समाधान, स्वदेशी उद्योगको प्रवर्द्धन, स्टार्टअप तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न निरन्तर पहल गरिरहेको जानकारी दिए। उनले बजेट तथा मौद्रिक नीतिसम्बन्धी सुझाव सरकारसमक्ष प्रस्तुत गरिएको र प्रधानमन्त्रीसँगको भेटमा निजी क्षेत्रका समस्या, नीतिगत सुधार तथा आर्थिक गतिविधि चलायमान बनाउने विषयमा छलफल भएको बताए। उनले ‘मेड इन नेपाल’ उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने दिशामा सोफा हब अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा कम्पनीका अध्यक्ष तारालाल धरेलले कर्मचारी, ग्राहक तथा शुभेच्छुकहरूको निरन्तर साथ र विश्वासकै कारण सोफा हब छोटो समयमै स्थापित ब्रान्ड बन्न सफल भएको बताए। उनले जनकपुरमा कम्पनीको १२औँ शाखा सञ्चालनको तयारी पूरा भइसकेको र दाङमा पनि छिट्टै नयाँ शाखा विस्तार गरिने जानकारी दिए। गुणस्तरीय सेवा, ग्राहक सन्तुष्टि तथा नेपाली उत्पादनलाई प्राथमिकतामा राख्दै कम्पनी अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यक्रममा आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले स्वदेशी उद्योगको विकासले स्थानीय उत्पादन, रोजगारी सिर्जना र समग्र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताए। निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिँदै उनले सोफा हबजस्ता नेपाली उद्योगले देशको अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे।

त्यस्तै, वरिष्ठ पर्यटन व्यवसायी एवं समाजसेवी रामप्रसाद सापकोटाले चुनौतीपूर्ण परिस्थितिका बीच पनि सोफा हबले हासिल गरेको सफलता प्रेरणादायी रहेको बताए। उनले स्वदेशी उत्पादनको प्रवर्द्धन र गुणस्तरीय सेवामार्फत नेपाली उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानमा सबै क्षेत्रको साथ आवश्यक रहेको उल्लेख गर्दै कम्पनीको आगामी यात्राका लागि शुभकामना व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हिमेश पन्त, काठमाडौं उद्योग वाणिज्य संघका महासचिव प्रेमहरि मैनाली, हास्य कलाकार सन्दीप क्षेत्री, स्थानीय जनप्रतिनिधि अनिल थापा तथा कन्टेन्ट क्रियेटर सम्राट अधिकारीले पनि शुभकामना व्यक्त गर्दै सोफा हबले कोभिड–१९ महामारी, आगलागीलगायत चुनौतीपूर्ण परिस्थितिलाई सामना गर्दै छोटो समयमै नेपालको अग्रणी फर्निचर ब्रान्डका रूपमा आफूलाई स्थापित गर्न सफल भएको बताए।

वार्षिकोत्सवका अवसरमा रातोपाटी डटकमका सहायक सम्पादक राजकुमार सिग्देललाई नगद २० हजारसहित सम्मान गरिएको थियो। साथै, कन्टेन्ट क्रियेटर भिडियो प्रतियोगितामा अनिश चापागाईं प्रथम हुँदै नगद एक लाख रुपैयाँ, टिम ४४४ द्वितीय हुँदै ५० हजार रुपैयाँ तथा सागर पाण्डे र श्रीजन श्रेष्ठ संयुक्त रूपमा तृतीय हुँदै जनही २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका थिए।

कार्यक्रममा विभिन्न कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहेको थियो। कर्मचारी परिवार, उद्योगी-व्यवसायी, पत्रकार तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिताबीच वार्षिकोत्सव सम्पन्न भएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु