दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

माइती ईण्डियाद्वारा उद्धार गरिएकी १६ वर्षीय किशोरी बेच्ने दलाल CIB द्वारा प्रहरी हिरासतमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ४ गते, शुक्रबार १९:२२

नयाँ दिल्लीको जि.बि. रोडको कोठी नं. ६४ को तेस्रो तल्लाबाट रु.६ लाख मा बेचिएकी परिवर्तित नाम उषा राईलाई नेपाल प्रहरीको सूचनाको आधारमा समाजसेवी श्री बालकृष्ण पाण्डे र दिल्ली प्रहरीको सहयोगमा उद्धार गरी CIB लाई जिम्मा लगाईएको थियो । पीडित लगायत अन्य ४ जनालाई पनि ६÷६ लाखका दरले बेचिएको थियो । बेच्ने दलालको खोजी र अन्य उद्धारको क्रममा बाधा हुने हुनाले समाचार प्रकाशन गरिएको थिएन ।

CIB कै पहलमा सुनसरी धरान १७ का ३१ वर्षीय छोङहाङ राई भन्ने सन्तोष राईलाई पक्राउ गरी कानुनी हिरासतमा लिइएको छ । उषा राईको पिताको देहान्त भएको माता वैदेशिक रोजगारीमा रहेको र उनी कक्षा ७ मा अध्ययनरत थिईन् । छिमेकी सन्तोष राईले ललाई फकाई महिनाको रु.३०,०००।– को जागिर लगाई दिन्छु, उज्वल भविष्य हुन्छ भनी उनीसहित ४ जना किशोरीहरुलाई जोगवनी हुँदै नयाँ दिल्ली पु¥याई रु.६ लाखका दरले बिक्री गरी आएका थिए । माइति ईण्डियाले युवायुवती महिलाहरुलाई विशेष अनुरोध गर्दछ कि पार्लर, डान्स बार, राम्रो नोकरी आदिको प्रलोभन देखाई नाजायज फाईदा उठाउने गिरोह सक्रिय रहेको हुँदा सजग रहनुहुन अनुरोध गर्दछ । माइति इण्डियाले भारतका विभिन्न ठाउँबाट विभिन्न प्रकारका पीडित महिलाहरुलाई उद्धार गर्ने क्रममा ३ महिनाभित्र १११ जनाको उद्धार गरी नेपाल फिर्ता गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु