
काठमाडौं । सुदूरपश्चिमको मौलिक देउडा संस्कृतिलाई समेटिएको नयाँ देउडा गीत ‘का छै मैना छैदी–३’ सार्वजनिक गरिएको छ। गीतमा गौरी भट्ट र दीपक जोशीको स्वर रहेको छ भने गीतमा संगीत दीपक जोशीकै रहेको छ।
गीतको संगीत संयोजन भुवन बडुले गरेका हुन्। बिग एचडी परिवेश स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रिजेन बडुले गरेका छन्।
गीतको भिडियो निर्देशन तथा निर्माण दीपक जोशीले गरेका छन् भने कार्यकारी निर्माता शिव भण्डारी रहेका छन्। भिडियोको प्रोडक्सन डिजाइन नारायण अधिकारीले सम्हालेका छन्।
भिडियोमा दीपक जोशी र अन्जु धामीको अभिनय देख्न सकिन्छ। सिनेमेटोग्राफी तथा ड्रोन छायांकन अमित बीके र टोलीले गरेका हुन् भने सम्पादन तथा रङ संयोजन राजेश बोहरा र अमित बीकेले गरेका छन्।
लोकदेउडाको मौलिक स्वाद, सुदूरपश्चिमको संस्कृति र आधुनिक प्रस्तुतीकरणलाई समेटिएको ‘का छै मैना छैदी–३’ ले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।


