दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल एपीएम डबल्स टेबलटेनिस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ श्रावण १० गते, आईतवार ४:५१

ललितपुर, साउन १० (जुलाई २५) — नेपाल एपीएम टेबल टेनिस क्लब, भैँसेपाटीको आयोजनामा नेपाल एपीएम डबल्स टेबलटेनिस च्याम्पियनसिप शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न क्लबका गरी १ सय २० खेलाडी सहभागी थिए ।
प्रतियोगिताको उपाधि इखाछेँ टेबलटेनिस क्लबका राजेन्द्र श्रेष्ठ र राजु शाक्यको जोडीले जिते । अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा उनीहरूले स्पिन टेबलटेनिस क्लबका ज्याकी महर्जन र प्रज्ञा महर्जनको जोडीलाई ३–२ सेटले पराजित गरे ।
त्यसैगरी, स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका प्रमेश कार्की र धर्मराज थापा तथा भोर्टेक्स टेबलटेनिस क्लबका महेश श्रेष्ठ र रणोज ठाकुको जोडी संयुक्त रूपमा तेस्रो स्थानमा रहे ।
विजेता टोलीले ३० हजार उपविजेताले १५ हजार तथा सेमिफाइनलिस्टले रु. ५–५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि इन्टरटेनमेन्ट टेबल टेनिसका अध्यक्ष सुमन खड्गी रहनुभएको थियो । समारोहका अवसरमा सहभागी खेलाडीहरूका लागि लक्की ड्र कार्यक्रम पनि आयोजना गरिएको थियो, जसअन्तर्गत टेबलटेनिसका रबर, बल, टी–सर्टलगायत विभिन्न खेल सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।
नेपाल एपीएम टेबलटेनिस क्लबले यस्ता प्रतियोगिताले खेलाडीहरूबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुका साथै नेपाली टेबल टेनिसको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु